हिरासतमा रहेका इच्छाराजको सिटिसि मल लिलामको लागि सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना

SD Miracle

४६ करोड ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिटिसि मल लिलाम हुने भएको छ ।

कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना सोमबार जारी गर्दै सिटिसि मल लिलामको प्रक्रिया सुरु गरेको हो ।सिभिल स्टेटस्को नाममा रहेको मलका पसल कवलहरु लिलाम गर्न सूचना जारी गरिएको हो ।

कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न आज सूचना निकालेको छ ।इच्छाराज तामाङको सिभिल सहकारीले सिभिल स्टेटस्को नामबाट लिएको २१ करोड नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो ।

कोषले यसअघि पनि सूचना निकालेर इच्छाराज तामाङको सिभिल सहकारीलाई ऋण तिर्न भनेको थियो ।काठमाडौँ महानगरपालिका ११ नम्बर वडाको सुन्धारामा निर्माण भएको कवलहरु लिलाम हुन लागेको हो ।

मल २४२४ कित्ता नम्बरमा ६ रोपनीमा बनेको छ । ४६ करोड ठगी आरोपमाअध्यक्ष इच्छाराज तामाङ अहिले प्रहरी हिरासतमा छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहित १२ जनालाई सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा पक्राउ परेका थिए ।

You might also like
Comments
Loading...