काठमाडौं । महिनावारी एक महिलामा हुने प्राकृतिक शारीरिक प्रक्रिया हो । महिलामा महिनावारी हुनु भनेको उनी पजनन् पक्रियाका लागि योग्य हुँदै गइरहेकी छन् भन्ने स्वास्थ्यले जनाउँछ ।
महिनावारी आफैँमा कुनै अपवित्र वा दूषित होइन। मासिक रूपमा डिम्ब निष्कासनपछि शुक्रकीटसँग मिलन हुन पाएन अर्थात् गर्भ रहेन भने डिम्ब निस्केको दुई हप्तापछि मासिक स्राव हुने गर्छ ।
हाम्रो पूवीय समाजमा महिनावारीलाई अपवित्र मान्ने चलन रहेको छ । नेपाली समाजमा अझै पनि महिनावारीका बेला पानी, पूजा, मांगलिक कार्य गर्न मनाइ गरिएको छ । नेपाली समाजमा महिनावारी भएको बेला ५ दिनसम्म बार्ने चलन रहेको छ । यद्पी यस्तो प्रचलन समाज, जात र धर्मअनुसार फरक फरक रहेको छ ।
महिनावारीको बेलामा गरिने सामाजिक तथा धार्मिक बन्देजलाई महिलामाथिको विभेद भन्दै आएका छन् महिला अधिकार कर्मीहरुले ।अर्को समाजमा महिलालाई महिनावारी सम्वन्धी अन्धविश्वासको जडले पनि उनीहरुको मानसिकतामा जडो गाडेको छ । जसको कारण जतिनै पढेलेखेका महिलाहरुले पनि रजस्वला भएको बेलामा बार्ने गर्छन् ।
महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित हुन्छन्। महिनावारीको बेला महिलाको शरीरमा अनेक प्रकारका हार्मोनल परिवर्तन हुने गर्छ।
कतिपय धार्मिक स्थानमा महिनावारीका बेलाको यौन सम्पर्कलाई पाप नै मान्ने गरेको छ। गर्भावस्थामा तथा योनि मार्गबाट कुनै कारण रगत बगेको अवस्थामा भने यौन सम्पर्क राख्नु हुँदैन।
महिनावारीका बेला स्वस्थ दम्पतीबीच यौन सम्पर्क राख्न मिल्छ तर पनि स्वास्थ्यको हिसावले दृष्टिकोणले महिनावारी भएको बेला यौन सम्पर्क राख्दा रगतमा भएको किटाणुका कारण यौनजन्य रोग लाग्ने समस्या हुन सक्छ त्यसकारण प्रस्तुति चिकित्सकहरुले सकभर यस्तो समयमा यौन सम्पर्क नगरेकै राम्रो बताउदै आएका छन् ।
रगतको मात्रा बढी बगेको बेलामा यौन सम्पर्क राख्नु हुँदैन। यस्तो बेला योनि रस वा महिनावारीको रगत मिश्रित स्राव गन्ध पृथक हुन सक्छ। कतिपय पुरुष पार्टनरलाई अप्रिय लाग्न सक्छ।
महिनावारीको बेला रगत तथा रोगसँग लड्ने क्षमता पनि कम हुने कुराको हेक्का राख्नुपर्छ। महिनावारी भइरहँदा कतिपय महिलाले कमजोरी वा थकित महसुस गर्ने हुनाले यौन सम्पर्क राख्न अनिच्छा हुन सक्छ।
त्यसैले महिला पार्टनरको इच्छा विपरीत करबल गर्नु हुँदैन। पुरुषले आफ्नो पार्टनर वा श्रीमतीको चाहना वा स्विकृतिमा मात्र महिनावारीका बेला यौन सम्पर्क राख्नु राम्रो हुन्छ।यो समयमा महिलाहरुले खानपान लगायत धेरै कुरामा ख्याल राख्नु पर्दछ।
भोकको बेवास्ता
महिनावारीको समय पर्याप्त मात्रामा पौष्टिक तत्वयुक्त खाना खानु पर्छ। महिनावारीको समय शरीर निकै कमजोर हुने गर्छ, त्यसैले यो समय फलफूल तथा पोषणयुक्त खाना खाइरहनु पर्दछ।
यौन सम्बन्ध
महिनावारीको समय यौन सम्बन्ध राख्नु हुँदैन। किनकी महिनावारीको समय यौन सम्पर्र्क राख्दा निकै कष्टदायी हुन्छ। साथै त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ।
महिनावारीको समय यौन सम्पर्क गर्दा गर्भ रहँदैन भन्ने कतिपयको सोचाइ छ। तर विभिन्न संक्रमणबाट जोगिन महिनावारी भएको समयमा यौन सम्बन्धबाट टाढै रहनु पर्छ।
प्याडको प्रयोग
महिनावारीका बेला हरेक ३–४ घण्टामा प्याड परिवर्तन गर्नु पर्दछ। यदि प्याडको साटो कपडा प्रयोग गर्ने गरेमा सकेसम्म सुतीको कपडा मात्र प्रयोग गर्नुपर्छ। उक्त कपडा पनि ३–४ घन्टामा परिवर्तन गर्नु पर्दछ। यसले संक्रमणबाट जोगाउनुका साथै दुर्गन्धबाट पनि टाढा राख्न मद्दत गर्दछ।
कसिलो कपडा
महिनावारीको समय निकै कसिलो कपडा लगाउनु हुँदैन। यो बेला सकेसम्म सुतीको, हलुका अनि खुकुला लुगा कपडा लगाउनु पर्छ। किनकी यस्ता कपडा लगाउँदा हावा पास हुने गर्छ र शरीरमा चिड्चिडापन हुन दिदैँन।
कडा शारीरिक श्रम
महिनावारीको समयमा धेरैलाई पेट दुख्दा पीडा हुने वा पिठ्यू दुख्ने हुन्छ, त्यसकारण यस्तो समयमा सकेसम्म शारीरिक श्रम गर्नु हुँदैन।
एजेन्सीको सहयोगमा