लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिइन्, हत्या वा आत्महत्या भन्ने शंका

लोकदोहोरी गायिका दिलमाया सुनार मृत अवस्थामा फेला परेकी छन् ।प्रहरीले काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा सुनार मृत भेटिएको जनाएको छ ।

दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन । सुनारको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शुक्रबार साँझ दिलमायाको कोठामा एक व्यक्ति गएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। नाम भने खुलाएको छैन् ।

पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी दिलमायाले शुक्रबार राति फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिन उल्लेख गरेकी छन् ।

पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् ।उनका एक छोरा भए पनि सुर्खेतमै बस्दै आएका छन् ।

 

You might also like
Comments
Loading...