वाग्मती प्रदेशका मन्त्रालय घटाएर ११ बनाउन सुझाब

काठमाडौं । वाग्मती प्रदेशमा मन्त्रालय घटाएर ११ बनाउन सुझाब दिइएको छ ।

वाग्मतीका मुख्यमन्त्री शालिकराम जमकटेलले मुख्यमन्त्रीमा नियुक्त भएसँगै मन्त्रालय घटाउने बताएका थिए । सोही अनुसार उनले समिति गठन गरेर प्रतिवेदन पेस गर्न निर्देशन नै दिएका थिए ।

मुख्य मन्त्रीको निर्देशन अनुुसार प्रदेशका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा बनेको समितिले आज प्रतिवेदन पेश गरेको छ । उक्त समितिले आज पेस गरेको प्रतिवेदनमा ११ वटा मन्त्रालय राख्न उपयुक्त हुने राय दिएका छन् ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता गठबन्धनको भागबन्डा मिलाउन मन्त्रालयको संख्या १४ वटा पुर्याएका थिए ।

 

You might also like
Comments
Loading...