सोमवार, पुस २९, २०८१
English
Follow us:

एपीएफ र सङ्कटाको खेल बराबरीमा सकियो   

एपीएफ र सङ्कटाको खेल बराबरीमा सकियो   

  • खबर सेवा

  • आइतवार, फाल्गुन १, २०७८

  • 9
    SHARES

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको दोस्रो खेलमा विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र सङ्कटा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग भने गर्न सकेनन् । यस बराबरी खेलसँगै सङ्कटा १० खेलबाट १५ अङ्क जोडेर अङ्क तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने समान खेल खेलको एपीएफ ११ अङ्क जोडेर अङ्क तालिकाको नवौँ स्थानमा यथावत रहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology