पोखरा कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षामा उत्कृष्ट पहिचान बनाउन सफल छ : अधिकारी
पोखरा । पोखरा–३ ज्ञानमार्ग नदीपूरमा बिगत २ दशक अगाडि सुरु भएर निरन्तर रुपमा सञ्चालनमा रहेको कलेज हो पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) । म्यानेजमेन्ट मात्रैको कोर्ष चलाएर आफूलाई उत्कृष्ट सावित गर्न कलेज सफल छ । बिबिएमा हाम्रो कलेज गण्डकी प्रदेशका विद्यार्थीको पहिलो रोजाइमा छ र अग्रणी शैक्षिक गन्तव्यका रुपमा स्थापित छ । पोखरा विश्वविद्यालयकै सन्दर्भमा हेर्ने हो भने यो कलेज बिबिएको लागि उत्कृष्ट स्थानमा पर्न सफल छ ।
पिसिएमबाट उत्तीर्ण मध्ये धेरै विद्यार्थी बैंक तथा वित्तीय संस्थाहरुमा एवं शैक्षिक संस्थाहरुमा कार्यरत रहेको प्रिन्सिपल चैतन्य अधिकारीले जानकारी दिए । ‘यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरुले उत्कृष्ट क्षमता देखाउन सक्षम छन् । कतिपय विद्यार्थी उच्च शिक्षाका लागि देशकै उत्कृष्ट शैक्षिक संस्थाहरुमा एवं विदेशमा समेत संलग्न छन्,’ उनले भने, ‘व्यवस्थापनको उच्च तहमा रहेर काम गर्न सफल छन् । उच्च शैक्षिक क्षमताको प्रदर्शन गरी यहाँका विद्यार्थी प्रत्येक वर्ष विश्वविद्यालयको डिन लिस्टमा पर्न सफल छन् ।’
बिबिएको पढाई बिहान र दिवा सिफ्टमा सञ्चालित छ । ‘एक सिफ्टमा हामीले ४८ जना विद्यार्थी मात्र राखेर अध्यापन गराइन्छ । त्यो मध्ये ५ जना विद्यार्थीलाई पोखरा विश्वविद्यालयले छात्रवृत्तिको परीक्षामा उत्तीर्ण गराई पठाउने गर्दछ,’ अधिकारीले भने । बिसिआइएसमा बिहानमा मात्रै कोर्ष सञ्चालन हुन्छ । त्यसमा ४८ जना विद्यार्थीलाई अध्यापन गरइन्छ । पूर्ण पारिवारिक वातावरणमा स्तरीय पठनपाठनको व्यवस्था गर्न कलेज सफल छ । सैद्धान्तिक सँगै प्रयोगात्मक तथा व्यवाहारिक शिक्षा कलेजले प्रदान गरिरहेको छ ।
हरेक वर्ष ४ सयदेखि ५ सयसम्म विद्यार्थीहरुले पोखरा कलेज अफ म्यानेजमेन्टको बिबिए कोर्षमा आवेदन भर्ने गर्छन् । यस वर्ष पनि विद्यार्थीले सोही संख्यामा आवेदन दिइसकेका छन् । ‘बैंक तथा वित्तीय संस्थाहरुको पहिलो रोजाई बिबिएका उत्पादन हुने र प्रयोगात्मक हिसाबले पनि यो विषय अनुकूल भएकाले बिबिएप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । विद्यार्थी बेरोजगार बस्नु पर्दैन,’ प्रिन्सिपल अधिकारीले भने ।
डेढ दशक अगाडि हामीले पोखरामा बिबिए कोर्ष सञ्चालन गर्दा सूचना प्रविधिको उति सारो विकास भइसकेको थिएन । तर, आज सूचना प्रविधिको उपयोग बेगरको कुनै पनि घर, परिवार, समाज वा सरकारको परिकल्पना गर्नपनि सकिँदैन । सम्पूर्ण व्यापार, व्यवसाय, सञ्चार व्यवस्था, अर्थ वाणिज्य लगायत हरेक क्षेत्रमा सूचना प्रविधिको व्यापक प्रयोग भइरहेको हुनाले अब व्यवस्थापनको क्षेत्रमा सूचना प्रविधिलाई संलग्न गरेर तयार गरिएको कोर्ष मात्रै समय सापेक्ष हुन सक्छ । त्यसै कारणले पोखरा कलेज अफ म्यानेजमेन्टले बिसिआइएस कोर्षको पढाई सुरु गरेको हो । गत वर्षदेखि नै यस कोर्षमा पढ्नका लागि पोखरा तथा आसपासका विद्यार्थीको आकर्षण देखिएको छ । यो कोर्ष संसारभर नै प्रशिद्ध चारवर्षे कोर्ष हो । संसारका हरेक देशमा यसको क्षेत्र राम्रो छ ।
यो कोर्ष व्यवस्थापन र आइटीको फ्युजन गरिएको कोर्ष हो । यो कोर्षमा ५१ प्रतिशत विषय आइटीका र ४९ प्रतिशत कोर्ष व्यवस्थापनको रहेका छन् । तसर्थ व्यवस्थापनको जिम्मेवारी सम्हाल्दा आइटीको समेत पूर्ण ज्ञान भएको जनशक्ति उत्पादन गर्नका लागि यो कोर्षको विशेष महत्व रहेको अधिकारीले बताए । यदि, आइटीको क्षेत्रमा काम गर्ने हो भने व्यवस्थापनको ज्ञानले अझै बढी सक्षमता बृद्धि गर्दछ । तसर्थ जुनसुकै क्षेत्रमा काम गर्दा पनि एउटै मात्रै विषय पढेको समकक्षी भन्दा उत्कृष्ट ठहरिने हुनाले यो कोर्ष उत्कृष्ट मानिएको हो । नेपालको संविधान अनुसार देश संघीयतामा प्रवेश गरिसकेपछि देशमा ३ तहको चुनाव सम्पन्न भइसकेको अवस्था छ । यतिबेला देशभरीका गाउँ शहर स्मार्ट सिटी या स्मार्ट टाउन बन्ने अभियानमा जुटेका छन् । यो अभियानलाई सफल पार्न व्यवस्थापन र आइटी दुवै ज्ञान भएको जनशक्तिको आवश्यकता पर्दछ । यो आवश्यकता बिसिआइएस कोर्षबाट मात्रै पुरा हुन्छ । फेरी गण्डकी प्रदेशमा पोखरा कलेज अफ म्यानेजमेन्टले मात्रै बिसिआइएस कोर्ष सञ्चालन गरेको हुनाले यसको महत्व अझैै बढी भएको विश्वास हामीले गरेका छौं ।
विज्ञान र व्यवस्थापन लगायत अन्य विषयमा प्लसटु अध्ययन गरेका उत्कृष्ट विद्यार्थीले यो कोर्ष अध्ययन गर्न सक्छन् । प्रत्येक विषयमा कम्तीमा सि ग्रेड प्राप्त गरेका विद्यार्थीले आवेदन भर्न सक्छन् ।
लामो समयसम्म अध्यापन गराएका उत्कृष्ट प्राध्यापकहरु पोखरा कलेज अफ म्यानेजमेन्टमा कार्यरत छन् । कलेजको गुणस्तर राम्रो हुनुमा उनीहरुको योगदान महत्वपूर्ण छ । ‘बिसिआइएस कार्यक्रम संयोजकमा हामीले लामो समयदेखि आइटीको क्षेत्रमा अध्यापनरत प्राध्यापकलाई नियुक्त गरेका छौं,’ उनले भने, ‘अन्य विषयहरुमा पनि अनुभवी तथा दक्ष प्राध्यापकहरु नियुक्त गरी कक्षा सञ्चालन गरेका छौं । प्रयोगात्मक हिसाबले पनि हाम्रा प्राविधिकहरु उत्कृष्ट तथा अनुभवी छन् ।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
२.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
५.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
सम्बन्धित समाचार
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...
जलवायुजन्य प्रकोपको उच्च जोखिमका विद्यालयहरु उत्थानशीलतामा अग्रसर
विपद्को उच्च जोखिममा रहेका समुदायका विद्यार्थीका लागि शैक्षिक सत्र अक्सर बाढी, तातो लहर तथा शीतलहरका कारण प्रभावित हुने गर्दछ...
१५–१९ वर्ष समूहका प्रत्येक चारमध्ये एक जना विद्यालय बाहिर
काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत दुई वटा प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलवार...
काठमाडौं विश्वविद्यालयमा ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम शुरु
काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक फिल्म स्टडिजमा स्नातकोत्तर तहको कार्यक्रम शुरु गरेको छ । विश्वविद्यालयको स्कूल अफ आट्र्स अन्तर्गत...




