इण्डोनेशियाको समुद्री किनारमा ज्वारभाटाले बगाउँदा कम्तीमा ११ जनाको निधन
जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको दक्षिणी तटबाट आइतबार निस्केको ज्वारभाटाले बगाएर एघार जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन अधिकारीले बताएका छन् ।
दुर्घटना स्थानीय समय अनुसार आइतबार राति करिब १२ः२५ बजे भएको बताइएका छ । प्राप्त जानकारी अनुसार जेम्बर जिल्लाको पयाङ्गन समुद्री किनारमा परम्परागत अनुष्ठान सञ्चालन गरिरहेका २३ जनालाई सामुद्रिक ज्वारभाटाले बगाएको र उनीहरूमध्ये ११ जनाको मृत्यु भएको पूर्वी जाभास्थित प्रकोप व्यवस्थापन निकायका परिचालन एकाइ प्रमुख बुदी सान्तोसाले बताए ।
उनले भने, ‘अचानक ज्वारभाटा आएर तिनीहरूलाई समुद्रमा बगाएर लग्यो । यो जाभा टापुको दक्षिणी तटमा थियो र छालहरू निकै ठूला थिए ।’
प्रशासनले सामुद्रिक इलाकामा कुनै पनि क्रियाकलाप गर्न निषेध गरिएको भए पनि उनीहरू रातिको समय समुद्र किनारमा भेला भएर प्रार्थना गरिरहेका अधिकारीहरूले फोनमार्फत् सिन्ह्वालाई जानकारी गराए ।
दुर्घटनामा १२ जनालाई भने जीवितै उद्धार गरिएको बताइएको छ ।
ताजा अपडेट
-
१.
महावीर पुनले पाउनु भो त्रिभुज चुनाव चिह्न
-
२.
नेकपासँग एकता गर्न एमालेलाई प्रचण्डको आग्रह
-
३.
अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल,सहकमाण्डरहरु कार्की र काफ्ले
-
४.
१६ एसपीहरूको पदस्थापना
-
५.
निर्वाचनका उम्मेदवारहरूको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई पत्राचार
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
यी हुन् पर्वतका प्रमुख चार दलका उम्मेदवार, कसको होला पल्लाभारी?
सम्बन्धित समाचार
अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोटः ७ जनाको मृत्यु, १३ घाइते
अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा सोमबार दिउँसो भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । इमर्जेन्सी...
मंगोलियाको राजधानीमा नयाँ घरको औसत मूल्यमा डिसेम्बर २०२५ मा १०.८ प्रतिशतले वृद्धि
मंगोलियाको राष्ट्रिय तथ्याङ्क कार्यालयले शनिवार सार्वजनिक गरेको विवरणअनुसार डिसेम्बरको अन्त्यसम्ममा मंगोलियाको राजधानीमा नयाँ निर्मित अपार्टमेन्टहरूको औसत मूल्य ५।०३ मिलियन...
चिलीको वन डढेलोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो
चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिकले देशको मध्य–दक्षिणी क्षेत्रमा विनाश निम्त्याइरहेको वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको र यो...
पश्चिमी रुसमा प्रहरी प्रशिक्षण केन्द्रमा विस्फोट, २० प्रशिक्षार्थी घाइते
पश्चिमी रुसको कोमी गणतन्त्रस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा प्रशिक्षकको लापरवाहीका कारण भएको विस्फोटमा परी २० जना घाइते भएका छन्...




