प्रदेश विकास बैंक फोरम गण्डकीको संयोजकमा तिवारी, सहसंयोजकमा पौडेल
पोखरा । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको गण्डकी प्रदेश च्याप्टर गठन भएको छ । आइतबार भएको भेलाले गण्डकी प्रदेश विकास बैंक फोरमको गठन गरेको छ । भेलाले गरिमा विकास बैंकका पोखरा क्लस्टर प्रमुख भोला प्रसाद तिवारी संयोजक र ग्रीन डेभलपमेण्ट बैंक लि.का सुशील पौडेललाई सहसंयोजक चयन गरेको छ ।
प्रदेश विकास बैंक फोरमको सदस्यमा ज्योती विकास बैंकका विशाल लामिछाने, कामना सेवा विकास वैंकका शिव कुमार ढकाल, लुम्विनी विकास बैंकका बलबहादुर ढकाल, महालक्ष्मी विकास बैंकका गणेश प्रसाद आचार्य, मुक्तिनाथ विकास बैंकका शंकर के.सी, साँग्रीला डेभलपमेण्ट बैंकका रेवन्त श्रेष्ठ र साइन रेशुङ्गा डेभलपमेण्ट बैंकका नमराज बराल रहेका छन् ।
भेलामा बोल्दै प्रमुख अतिथि डेभलपमेन्ट बैंकर्स एसोसियसनका कार्यसमिति सदस्य तथा ग्रीन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले विकास बैंकहरुको साझा व्यावसायिक समस्या समाधान गर्न तथा समन्वय गर्न प्रदेश च्याप्टर सफल हुने विश्वास व्यक्त गरे । आफ्ना प्रदेशभित्र भएका र गर्नुपर्ने विभिन्न गतिविधिहरुलाई संस्थागत रुपमा डेभलपमेण्ट बैकर्स एसोसियसनमा पठाउने, सम्वन्धित कार्यालयहरुमा समन्वय गर्नको लागि केन्द्रीयस्तरमा विभिन्न विभागहरुका विभागीय उपसमिति गठन गरिएको उनले जानकारी दिए । सोही अनुरुप विभिन्न प्रदेशहरुमा प्रदेश विकास बैंक फोरमको गठन गर्ने कार्यको थालनी गरिएको उनकोे भनाइ छ ।
भेलामा बोल्दै नवनिर्वाचित संयोजक भोलाप्रसाद तिवारीले गण्डकी प्रदेश भित्र रहेका सम्पूर्ण विकास बैंकका समस्या तथा चुनौतीलाई संस्थागत रुपमा सम्वोधन गर्न नेपाल राष्ट्र बैंक, डेभलपमेण्ट बैंकर्स एसोसिएसन तथा अन्य निकायहरुमा समन्वय गरिने बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




