प्रिमियर इन्टरनेशनल स्कूल र इन्टरनेशनल स्कूल स्र्पोटस् फेडेरेसनबीच नयाँ साझेदारी
काठमाडौं । नेपालको अग्रणी अन्तर्राष्ट्रिय विद्यालयहरू मध्ये एक प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कूलले नेपाल खेलकुद महासंघ समेत आवद्ध रहेको इन्टरनेशल स्कूल स्र्पोट फेडेरेसनसँग नयाँ सहकार्य गरेको छ । आइतबार आयोजित कार्यक्रममा नयाँ साझेदारीको औपचारिक घोषणा गरिएको छ । साझेदारी भएको पूर्ण सदस्यताको प्रमाण-पत्र समेत हस्तान्तरण गरियो । संयुक्त सहकार्यले अन्तर्राष्ट्रिय स्तरका खेलकुद पाठ्यक्रमहरूलाई नेपाली विद्यालयमा समावेश गरी खेलकुदको परिदृश्यमा सुधार गर्ने लक्ष्य राखिएको छ ।
प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कूलले स्थापनाकालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा परिवर्तन ल्याएको छ । देशमा आइ बि कार्यक्रमहरू सुरु गर्ने प्रिमियर अग्रगामी स्कूल हुनुका साथै अन्तर्राष्ट्रिय स्तरको खेलकुद पूर्वाधार र कार्यक्रमहरूको सुरुवात गर्न, देशको समग्र शिक्षा प्रणालीको विकास गर्न र यस २१ औं शताब्दीमा सक्षम र राम्रा विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्न सधैं अग्रणी भूमिका निर्वाह गरेको छ ।
सहकार्यसँगै प्रिमियम स्कूलले अर्को थप नयाँ खुड्किला चढ्न सफल भएको छ । इन्टरनेशनल ओलम्पिक कमिटीद्वारा मान्यता प्राप्त इन्टरनेशनल स्कूल स्पोर्ट्स फेडेरेसन (आईएसएफ) ले सन् १९७२ देखि स्कूल खेलकुदको लागि अन्तर्राष्ट्रिय खेलकुद व्यवस्थापन निकायको रूपमा काम गर्दै आएको छ । यस निकायको प्राथमिक उद्देश्य भनेकै खेलकुदको माध्यमबाट शिक्षा प्रदान गर्नु हो ।
‘प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कूल नेपालको पहिलो र आईएसएफ को एकमात्र पूर्ण सदस्य रहेको छ जसले नेपाललाई विश्व खेलकुद महासंघको समेत गौरवान्वित सदस्य बनाएको छ । यस नयाँ सहकार्य मार्फत नेपाली स्कूलका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद क्षेत्रमा परिचय र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ,’ स्कुलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्कूल समर गेम्स (यू १८), वल्र्ड स्कूल च्याम्पियनसिप, आईएसएफ ई स्पोट जस्ता अन्य धेरै विद्यालय–स्तरका खेलकुद कार्यक्रमहरू आयोजना गर्नको लागि आईएसएफ मान्यता प्राप्त संघ हो । सहकार्यबाट अब नेपालका विद्यार्थीले हरेक वर्ष यी खेलमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । विद्यार्थीहरूले विश्वका विभिन्न भागहरुबाट ३५०० देखि ५००० विद्यार्थीहरूसँगै २० भन्दा बढी शैक्षिक र गैर–शैक्षिक खेलहरूमा भाग लिन सक्नेछन् ।
सहकार्य मार्फत प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कूलका विद्यार्थीहरुका साथै अन्य स्कूलका अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने विद्यालय खेलकुदमा संलग्न हुनको लागि नयाँ ढोका खुलेको छ । नेपालको शिक्षा प्रणालीमा खेलकुद विकासको चरणमा रहेको र प्रिमियर तथा आईएसएफ दुवैले यस इको सिस्टमलाई अझ सुदृढ पार्नको लागि महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य राखेका छन् । खेलकुदले नेपालीहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षाका साथै खेलकुदलाई नेतृत्व गर्ने खेलाडीहरुलाई विकास हुने उत्कृष्ट अवसर प्रदान गर्नेछ ।
ताजा अपडेट
-
१.
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
-
२.
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका
-
५.
सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...




