अर्थ

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँड

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २७,०९,८५५ वटा आवेदनहरुबाट ३,३१,४७,१५० कित्ताको लागि जम्मा आवेदन परेकोमा सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट १,१८,१५३ जना आवेदकहरुबाट २४,३०,३२० कित्ता सेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको २५,९१,७०२ जना आवेदकहरुबाट प्राप्त ३,०७,१६,८३० कित्ता सेयर मध्ये सिडीएस एण्ड क्यियरीङ्ग लिमिटेडबाट ४८,०४३ जना आवेदकहरुलाई शंकास्पद सूचीमा समावेश गरेको र सो विवरणलाई रुजु गर्दा ४,२९० जना आवेदकहरुबाट प्राप्त ५०,६०० कित्ता सेयरहरु दोहोरो आवेदन परेकोले सो आवेदनलाई रद्ध गरी २५,८७,४१२ जना आवेदकहरु मार्फत प्राप्त जम्मा ३,०६,६६,१९० कित्ता सेयर मध्येबाट ४८,७९० जनालाई न्यूनतम १० इकाईका दरले बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई माघ २१ गते देखि २५ गते सम्म सार्वजनिक निष्काशन खुला गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरिएको कूल सेयर ५,२२,००० कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर २६,१०० कित्ता तथा कर्मचारीहरुलाई ८,००० कित्ता छुट्याई बाँकी रहेको ४,८७,९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब ६५.६३ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...