अर्थ

नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा-केन्द्र सिमराको भारतीचोकमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका १५ स्थित भारतीचोक, डुमरवानामा आफनो ११औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा नं. १५ का वडाअध्यक्ष राम प्रसाद लामिछानेले गरेका थिए ।

बैंकले उक्तविस्तारित सेवा केन्द्रले सिमरा उपमहानगरपालिका वडा नं. १५ का साथै वडा नं ११,१२,१३ , १४ र १६ मा वित्तियपहुँच पुर्याई हरेक नेपालीको कम्तिमाएक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउने उद्देश्यका साथविस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।

यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्तहुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारकालागिअन्यत्र टाढा जानुनपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बंंैकिङ प्रणालीमार्फतप्राप्तहुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्तहुने, शिक्षकएवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सुविधाहरू सहजै प्राप्तहुने बैंकले जानकारी गराएको छ ।

‘सबैका लागि बैंक’ मूलनारा सहित स्थापनाको २७औँ वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ११ एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ सुविधाउपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचार

नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल

नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल

काठमाडौँ। सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताउनुभएको छ ।...

औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

काठमाडौँ। नेपाल उद्योग परिसंघ/सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पु¥याउने महत्वाकांक्षी लक्ष्य...

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...