शनिबार, माघ २६, २०८१
English
Follow us:

आरोग्यम कपाल छाला तथा यौन रोग उपचार केन्द्र सञ्चालनमा आउँदै

आरोग्यम कपाल छाला तथा यौन रोग उपचार केन्द्र सञ्चालनमा आउँदै

  • खबर सेवा

  • आइतवार, फाल्गुन १, २०७८

  • 21
    SHARES
आरोग्यम कपाल छाला तथा यौन रोग उपचार केन्द्र सञ्चालनमा आउँदै

पोखरा । पोखरा-१० इन्द्रचोकमा आरोग्यम कपाल छाला तथा यौन रोग उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । यहि २०७८ फागुन ७ गते शनिबारबाट उपचार केन्द्र सञ्चालनमा आउने भएको हो ।

केन्द्रमा कपाल प्रत्यारोपण तथा कपाल सम्बन्धी सम्पूर्ण उपचारको व्यवस्था विशेषज्ञ चिकित्सकबाट गरिने व्यवस्था मिलाइएको हो । उपचार केन्द्रको व्यवस्थापन आरोग्यधाम होमियोप्याथिक हस्पिटल प्रा.लि. मार्फत गरिएको व्यवस्थापक डा. विष्णु चापागाईंले जानकारी दिए ।

‘उपचार केन्द्रमा छालाका विभिन्न रोगहरु तथा यौन रोगको पनि नियमित परीक्षण तथा उपचार हुनेछ,’ उनले भने । कपाल फुल्ने, तालु भएको, झर्ने, टाउकोमा टाटु परेको, पातलो भएको, चाया पर्ने, जुम्रा पर्ने ,टुक्रा परेर झर्ने, कपाल नराम्रो देखिने, झुसिलो देखिने, कपालका कुनै पनि समस्या भएमा, कपाल रोप्नु परेमा, कपाल राख्नु परेमा उपचार केन्दबाट सेवा उपलब्ध हुने उनले जानकारी दिए ।

काठमाडौंबाट आउने विशेषज्ञ चिकित्सकबाट सेवा शुभारम्भ गरिने पनि व्यवस्थापनले जनाएको छ । शुभारम्भको अबसरमा विशेष छुटको पनि व्यवस्था मिलाइने बताइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology