बुढानिलकण्ठमा डिलाइट हाइटेक फर्निचरको डिलर विस्तार
काठमाडौं । भारतीय प्रशिद्ध ब्राण्ड डिलाइट हाइटेक फर्निचरको डिलर काठमाडौंको बुढानिलकण्ठमा विस्तार गरिएको छ । सम्पन्न इन्टरनेशनल प्रा.लि.ले डिलाइटको शोरुम (डिलर) स्थापना गरेको हो ।
भारतीय प्रशिद्ध फर्निचर ब्राण्डको डिलर स्थापना गर्न पाउँदा खुसी लागेको प्रा.लि.का सञ्चालक सुदर्शन बुढाथोकीले बताए ।
डिलाइटका लागि नेपालको एक मात्रै आयातकर्ता डिलाइट नेपाल प्रा.लि हो । प्रा.लि.ले अन्य मुख्य शहरमा पनि शोरुम (डिलर) विस्तारको तयारी गरेको छ । सातै प्रदेशका मुख्य शहरमा शोरुम विस्तार गरिने प्रवन्ध निर्देशक राजेन्द्र न्यौपानेले जानकारी दिए ।
काठमाडौंको बबरमहल रोड माइतीघरमा प्रा.लि.को मुख्य शोरुम छ । डिलाइट हाइटेक सन् १९५७ देखि भारतीय बजारमा उत्पादन तथा बिक्री वितरण हुँदै आइरहेको छ । फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने गरी नेपाली बजारमा हाइटेक डिलाइटलाई भित्र्याइएको प्रा.लि.का अध्यक्ष दालप्रसाद श्रेष्ठ (मनोज)ले जानकारी दिए । डिलाइट हाइटेक उत्कृष्ट फर्निचर ब्राण्ड रहेको बताउँदै उनले नेपाली बजारमा छोटो समयमा यो ब्राण्ड धेरैको रोजाइमा परेको बताए ।
घर, अफिस, बैंक, स्कुल, कलेज, हस्पिटल, होटल, रिसोर्ट लगायतका क्षेत्रमा आवश्यक फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा आफूहरुले प्रदान गरिरहेको उनले बताए । ‘ग्राहकको चाहना तथा आवश्यकता अनुसारको फर्निचरको व्यवस्था हुनेछ,’ उनले भने ।
ताजा अपडेट
-
१.
सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
-
२.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
३.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
४.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
-
५.
सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
५.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
सम्बन्धित समाचार
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार...
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर...
नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक...




