अर्थ

गौशालामा रहेको ‘होटल ट्राभल इन’ अब नयाँ व्यवस्थापनमा

काठमाडौं । काठमाडौंको गौशालामा बिगत १० वर्षदेखि सञ्चालित ‘होटल ट्राभल इन’ नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ । पर्यटनसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको डिबी ग्रुपले होटल खरिद गरेर सञ्चालन गरेको हो । होटलको व्यवस्थापनको जिम्मा प्याराडाइज इन ग्रुपले लिएको छ ।

होटलमा नयाँ संरचना थप गरिएको छ भने थप लगानीसहित रिन्योभेसन गरिएको छ । होटलमा २७ वटा डिलक्स रुम छन् । ४० जना क्षमताको रेष्टुरेन्ट र बारको सुविधा छ । मिटिङ हल, लिफ्ट तथा पार्किङको सुविधा पनि छ ।

होटलमा ६ वटा स्विट रुम तथा रुफटप रेष्टुरेन्टको पनि तयारी भइरहेको बिजनेस डेभलपमेन्ट म्यानेजर दीपक पोखरेलले जानकारी दिए ।

पशुपति मन्दिरको पूर्वी गेट अगाडि होटल अवस्थित छ । होटलको झ्यालबाट पशुपती क्षेत्रको प्रत्यक्ष अवलोकन गर्नै सकिन्छ । ‘काठमाडौंमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याएका हौं,’ पोखरेलले भने, ‘पशुपतीमा आउने भारतीय तथा नेपाली दर्शनार्थीलाई होटलले अझै सहज बनाउने हामीले विश्वास लिएका छौं ।’

होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ किलोमिटर दुरीमा अवस्थित रहेको प्रवन्धक रविन क्षेत्रीले जानकारी दिए । व्यवस्थापनको जिम्मेवारी लिएको प्याराडाइज इनका डाइरेक्टर अनिल भण्डारी र प्रमोद डमजन पर्यटन तथा व्यवस्थापन क्षेत्रमा अनुभवी व्यक्ति हुन् ।

सम्बन्धित समाचार

श्रीराम ग्यास उद्योगले छ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना

श्रीराम ग्यास उद्योगले छ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग

काठमाडौँ। देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन...

ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने

ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना...

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको...