सोमवार, पुस २९, २०८१
English
Follow us:

रुघाखोकी र ज्वरोका बिरामी बढ्दै   

रुघाखोकी र ज्वरोका बिरामी बढ्दै   

  • खबर सेवा

  • सोमवार, फाल्गुन २, २०७८

  • 10
    SHARES

डोटी । जिल्लामा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ ।

यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताए ।

उनले भने “हिमपातले चिसो बढाएको छ, बालबालिका तथा वृद्धवृद्धामा ज्वरोको समस्या देखिएको छ, उपचारका लागि आउने गरेका छन्, अस्पतालमा बिरामीको भीड लाग्दैछ ।” जिल्ला अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology