एभरेष्ट कलेज : व्यवस्थापन शिक्षामा अब्बल
काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको एभरेष्ट कलेजले व्यवस्थापन संकायका विभिन्न कोर्स संचालन गर्दै आइरहेको छ । कलेजले विद्यार्थीलाई शैक्षिक ज्ञान मात्र प्रदान नगरी व्यवहार, सीप, बानी तथा विभिन्न क्षमताको विकास गराउँदै आएको छ । व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बन्न सफल छ एभरेष्ट कलेज ।
कलेजले विद्यार्थीको रुचि, इच्छा, आकांक्षा तथा मनोविज्ञानलाई ख्याल गरेर शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ । सन् १९९८ मा स्थापना भएको कलेजले २४ वर्षे शैक्षिक यात्रा पार गरिसकेको छ । विभिन्न चुनौतीको सामना गर्दै अन्तर्राष्ट्रियस्तरको शिक्षा कलेजले प्रदान गर्न सफल भएको बताउँछन् प्रमुख कार्यकारी अधिकृत विष्णुहरि पाण्डे । ‘जसका कारण विद्यार्थीलाई स्वदेशमै करियर बनाउन तथा विदेश गएर थप अध्ययन गर्न र काम गर्न सहज हुने गरेको छ,’ उनले भने, ‘नयाँ तथा नवीनतम विधि तथा प्रविधिको प्रयोग गरी सैद्धान्तिकसँगै प्रयोगात्मक तथा व्यावहारिक ज्ञान पनि कलेजले प्रदान गरिरहेको छ । विभिन्न पेशा तथा व्यवसाय गर्न चाहने विद्यार्थीलाई सही मार्ग निर्देशन पनि कलेजले गरिरहेको छ ।
विद्यार्थीको रचनात्मक तथा अन्तरक्रियात्मक क्षमतालाई प्रस्फुटन गर्नका लागि कलेजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सामाजिक जीवनका लागि आवश्यक विभिन्न कार्यक्रम, खेलकुद गतिविधि, संगीत, नाटक लगायतका विभिन्न अतिरिक्त क्रियाकलाप संचालन हुने गरेका छन्, जसले विद्यार्थीमा रहेका क्षमताको प्रस्फुटन गराउँछ । कलेजले विद्यार्थीलाई हरेक संरचनामा सामाजिक भूमिका खेल्न तयार गरिरहेको छ । विद्यार्थीको भविष्यका बारेमा कलेजले सही मार्ग निर्देशन गर्दै आइरहेको छ ।
‘कलेजको मुख्य उद्देश्य गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्नु हो । विद्यार्थीले आफ्नो रुचिको क्षेत्र छनोट गरी रोजगार प्राप्त गर्न आवश्यक ज्ञान र सीप प्राप्त गरिरहेका हुन्छन्,’ पाण्डेले भने, ‘अनुसन्धानमा आधारित वैज्ञानिक शिक्षाको माध्यमबाट विद्यार्थीलाई कलेजले प्रोत्साहित गरिरहेको छ ।’

प्लस टु मा कलेजले राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त विजनेश म्यानेजमेन्ट सम्वन्धी कोर्स सञ्चालन गरिरहेको छ । ब्याचलरमा बिबिए, बिबिएस, बिबिएम, बिसिए र मास्टर्समा एमबिएसका कोर्ष सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजले बिबिएसको कोर्ष सन् १९९८ बाट सञ्चालन गरिरहेको छ । सन् २००३ बाट कलेजले बिबिएको कोर्स सञ्चालन गरिरहेको छ । एमबिएसको पढाइ पनि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भइरहेको छ ।
उत्कृष्ट कम्प्युटर ल्याब, लाइब्रेरी, क्याफे, लगायतका सुविधा कलेजमा छन् । एभरेष्ट कलेजमा अनुभवी तथा दक्ष प्राध्यापकद्वारा अध्यापन गराइन्छ । ‘इन्टर्नसीपको लागि धेरै राम्रा गन्तव्यमा कलेजले विद्यार्थीलाई पठाउँछ, जसका कारण व्यावसायिक अनुभव र व्यावसायिक नेटवर्क बनाउन विद्यार्थीलाई सहज हुन्छ,’ पाण्डेले भने । व्यवस्थापन शिक्षाका क्षेत्रमा कलेजले उत्कृष्ट इतिहास रचेको उनको भनाइ छ ।
विद्यार्थीको आवश्यकता हेरी कलेजले छात्रवृत्तिको व्यवस्था पनि गरिरहेको छ । कलेजले व्यवस्थापकीय उत्कृष्टताको लागि सफल जनशक्ति उत्पादन गरिरहेको छ । वर्तमान विश्व परिवेशको आवश्यकतालाई पूरा गर्ने तथा प्रतिश्पर्धात्मक बजारमा प्रतिश्पर्धा गर्नसक्ने क्षमता भएका दक्ष जनशक्ति कलेजले उत्पादन गरिरहेको छ ।
एभरेष्ट कलेजमा शिक्षा क्षेत्रमा समर्पित तथा अनुभवी व्यक्तिहरुको संलग्नता छ । सोही कारण यहाँको रिजल्ट पनि निकै राम्रो हुँदै आइरहेको छ । विद्यार्थीहरूको आवश्यकता महसुस गरी पठनपाठनको व्यवस्था गरिरहेको कलेजले गुणस्तरीय शिक्षामा फड्को मार्दै गइरहेको छ । ‘एभरेष्ट कलेजमा आबद्ध विद्यार्थीको सुन्दर जीवनको सुनिश्चितताको यात्रा तय गर्नु नै हाम्रो एक मात्र लक्ष्य तथा उद्देश्य हो,’ पाण्डेले भने, ‘यहाँबाट पासआउट भएका विद्यार्थीले धेरै राम्रो प्रगति गरेका छन् । देश तथा विदेशमा राम्रो अवसर पाएका छन् ।’ पर्याप्त भौतिक पूर्वाधार रहेको कलेजले क्वान्टिटी होइन, क्वालिटीको मान्यता अनुसार थोरै विद्यार्थीलाई राम्रो पढाउने लक्ष्य लिएको पाण्डे बताउँछन् ।
ताजा अपडेट
-
१.
वीर अस्पतालले गर्यो बिमामार्फतको सेवा कटौती
-
२.
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
-
३.
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...




