सोमवार, माघ २८, २०८१
English
Follow us:

भारतमा २७ हजार नयाँ संक्रमित

भारतमा २७ हजार नयाँ संक्रमित

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन ३, २०७८

  • 13
    SHARES
भारतमा २७ हजार नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४ सय ९ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ८ सय १७ रहेको छ । एकै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ ।

अधिकारीहरुका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख २३ हजार १ सय २७ रहेको छ । अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने चार करोड १७ लाख ६० हजार ४ सय ५८ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ३ सय ४७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology