अर्थ

सेवा विस्तार गर्दै ‘बरदान अनलाइन स्टोर्स’, सामान खरिदमा विशेष छुट

पोखरा । अनलाइन इ–कमर्श ‘बरदान अनलाइन स्टोर्स’बाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सकिने भएको छ । पर्यटकीय नगरी पोखरामा केन्द्रीय कार्यालय स्थापना गरी अनलाइन सपिङको सुविधा प्रदान गरिरहेको स्टोर्सले बेबी फुड्स र बेबी ड्राइपरमा विशेष छुट प्रदान गरिरहेको प्रवन्ध निर्देशक सञ्जीव पौडेलले जानकारी दिए ।

कम्पनीले पोखरा, बागलुङ र पर्वत क्षेत्रमा निःशुल्क डेलिभरी सुविधा प्रदान गरिरहेको छ । स्टोर्समा किचनको सामान, मोबाइल फोन, इलेक्ट्रोनिक्स सामान, बेबी फुड्स, ड्राइपर, बुक्स, स्मार्ट फोन, घडी, ग्लासेस, एसेसरिज, पर्सनल केयर आइटम, डल, स्मल फर्निचर लगायतका सामान स्टोर्समा उपलब्ध छन् ।

बागलुङ र पर्वतमा सेवा

कोरोना महामारीको पहिलो भेरियन्ट सुरु भएसँगै देशव्यापी रुपमा लकडाउन हुँदा अनलाइन होम डेलिभरी सेवा प्रदान गर्ने लक्ष्यसहित पोखरामा बरदान अनलाइन स्टोर्स सुरु भएको थियो । बदरान अनलाइन स्टोर्सले पछिल्लो समय पोखरा सहित आसपासका क्षेत्रमा सेवा विस्तार गर्न सुरु गरेको छ ।

यसैक्रममा बागलुङ र पर्वतमा फागुन १ गतेबाट सेवा सुरु भएको पौडेलले जानकारी दिए । ‘बागलुङ र पर्वत क्षेत्रमा सेवा प्रदान गर्नेगरी फ्रेन्चाइज सिस्टममा सेवा विस्तार गरेका छौं,’ पौडेलले भने । आगामी चैतसम्ममा गण्डकी प्रदेशका सबै जिल्लाबाट सेवा प्रदान हुने उनले बताए ।

सम्बन्धित समाचार

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार...

कति छ आज तरकारीको मूल्य?

कति छ आज तरकारीको मूल्य?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर...

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक...