एसजी ग्रुपले नेपालमा भित्र्यायो ट्यारो ब्राण्डको प्रिमियम मोटरसाइकल र स्कुटर
काठमाडौं । अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध क्षेत्रमा लगानी गर्दै आइरहेको एसजी ग्रुपले ट्यारो ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाली बजारमा भित्र्याएको छ । ग्रुप अन्तर्गतको ओम मोटोक्रप प्रा.लि.ले नारायणचौर नक्सालमा कर्पोरेट शोरुम स्थापना गरी तारो ब्राण्डलाई नेपाल भित्र्याएको हो ।
इटालियन टेक्नोलोजीमा चीनमा बनेको ट्यारो प्रिमियम ब्राण्ड हो । ट्यारो युरोपेली बजारमा पनि स्थापित दुई पाङ्ग्रे ब्रान्ड हो । इमोला १५० र एलेक्स टि नाइन १५० गरी २ वटा मोटलमा स्कुटर उपलब्ध छन् । इमोला स्कुटरमा ठूलो टायर जडान गरिएको छ । जुन स्कुटर कच्ची सडकमा पनि सजिलै गुडाउन सकिन्छ । एलेक्स टि नाइन हाइवे र लङड्राइभ गर्दा कम्फर्ट हुने कम्पनीले जनाएको छ ।
जिपी टु २००, जिपी वान २५० आर र जिपी वान ३८० गरी ३ वटा मोडलमा ट्यारोका बाइक नेपाली बजारमा उपलब्ध भएका छन् । २५० र ३८० सिसी क्षमताको मोटरसाइकटलमा इएफआई र एबिएस सिस्टम छ । रिलायविलिटी, युनिफर्मिटी र कम्फर्टका लागि ट्यारोको मोटरसाइकल नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । यो मोटरसाइकल १६० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्न सक्छ ।
ड्यासबोर्ड टिएफटी, डबल डिसब्रेक विथ एबिएस, ६ स्पिडको गेयर लगायतका विशेषता ट्यारो मोटरसाइकलमा रहेका छन् । ३८० मा लिक्वीड कुल ट्वीन सिलिण्डर जडान गरिएको छ । २५० र २०० मा लिक्वीड कुल सिंगल सिलिण्डर छ । ‘इटालीमा डिजाइन तथा प्रविधिमा तयार प्रिमियम मोटरसाइकल स्कुटरमा सवार भइ फरक खालको स्टाइलिस अनुभव गर्न सकिनेछ,’ कम्पनीले भनेको छ ।
नक्साल शोरुममा गएर मोटरसाइकलको टेष्ट ड्राइभ तथा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा भित्रिएसँगै काठमाडौंसहित देशका मुख्य शहरमा डिलर बिस्तार गर्ने योजना कम्पनीले लिएको छ । नेपालमा ट्यारो मोटरसाइकल तथा स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँदेखि ९ लाख ५० हजार रुपैयाँसम्म पर्ने जनाइएको छ ।
ताजा अपडेट
-
१.
मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण
-
२.
भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’
-
३.
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
-
४.
नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा
-
५.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
काठमाडौँ। सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताउनुभएको छ ।...
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
काठमाडौँ। नेपाल उद्योग परिसंघ/सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पु¥याउने महत्वाकांक्षी लक्ष्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...




