बिहिबार, माघ ३, २०८१
English
Follow us:

युवा पर्यटन व्यवसायी केसी काँग्रेस गण्डकी प्रदेशमा मनोनीत

युवा पर्यटन व्यवसायी केसी काँग्रेस गण्डकी प्रदेशमा मनोनीत

  • खबर सेवा

  • बुधबार, फाल्गुन ४, २०७८

  • 8
    SHARES

पोखरा । पोखराका प्रशिद्ध युवा व्यवसायी देवेन्द्र केसी नेपाली काँग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्यमा मनोनीत भएका छन् ।

कुटी रिसोर्टका सञ्चालक केसी पर्यटन लगायत विभिन्न व्यापार व्यवसायमा आबद्ध छन् । उनी पछिल्लो समय काँग्रेसको राजनीतिमा समेत सक्रिय छन् ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा बुधबार बसेको बैठकले केसीलाई प्रदेश कार्यसमितिमा मनोनीत गरेको हो ।

प्रदेश कार्यसमितिमा मनोनीत गरेकोमा केसीले पार्टीप्रति आभार व्यक्त गर्दै आफ्नो जिम्मेवारी इमान्दारिताका साथ बहन गर्ने बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology