विश्व प्रशिद्ध कोलम्बिया कंक्रिट ब्लक, पेभर मकिङ मेसिन नेपालमा
काठमाडौं । कन्स्ट्रक्सन, कंक्रिट र इण्डष्ट्रियल मेसिन तथा इक्युपमेन्टको काम गर्दै आएको कम्पनी काठमाडौं इन्फ्रा सोलुसन प्रा.लि.ले कोलम्बिया कंक्रिट ब्लक मेसिनको बिक्री वितरण सुरु गरेकोे छ । अमेरिकाको विश्वप्रशिद्ध कंक्रिट ब्लक÷पेभर मेकिङ मेसिन कोलम्बिया मेसिन इन्जिनियरिङ (ईन्डिया ) प्राइभेट लिमिटेडको आधिकारिक बिक्रेता बनेर प्रा.लि.ले कोलम्बिया ब्लक पेभर मकिङ मेसिनलाई नेपाली बजारमा भित्र्याउन सफल भएको हो ।
विश्व प्रशिद्ध ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाउँदा खुसी लागेको प्रा.लि.का प्रवन्ध निर्देशक कमल कार्कीले बताए । यो मेसिनले विश्वस्तरीय विभिन्न कंक्रिटका उत्पादनहरु जस्तो हलो सलिड ब्लक, ब्रिक पेभर, फ्लाइ एस ब्रिक, कर्भ स्टोन, रिटेनिङ वाल ब्लक लगायतका दस भन्दा बढी विभिन्न बस्तुहरु उत्पादन गर्छ । यो मेसिनमा प्रति दिन ८ घन्टामा ४५ सयदेखि ३० हजार युनिटसम्म उत्पादन क्षमता छ ।
अमेरिकाको कोलम्बिया राज्यको भेन्कोभर, पोल्याण्ड, ब्राजिल र एसियाको गुजरात भारतमा मेसिन उत्पादन हुँदै आइरहेको छ । कोलम्बिया अमेरिकाको शतप्रतिशत स्वामित्वमा रहेको यो मेसिन विश्वभर प्रशिद्ध छ । यसले विश्वको सबै प्रकारका गुणस्तरीय मान्यताहरु प्राप्त गरेको कम्पनीले जनाएको छ । हाल नेपालमा यो मेसिन ३ वटा भित्रिएको कार्कीले जानकारी दिए । प्रा.लि.ले मेसिनलाई नेपाल भरको बजारमा पुग्ने गरी बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
प्रा.लि.ले कोलम्बियाकै अर्को उत्पादन कोलम्बिया पेलेटाइजर सहित भाइब्रेन्ट कन्स्ट्रक्सन इक्युपमेन्ट हैदरावादका आस्फाल्ट सम्बन्धी सम्पूर्ण मेसिनहरु तथा आरएमसी रेडिमिक्स कंक्रिट ब्याचिङ प्लान्ट, क्रसर तथा मिक्स्चरहरुको बिक्री वितरण गर्दै आइरहेको छ ।

साथै, काठमाडौं इन्फ्रा सोलुसनको भगिनी संस्था काठमाडौं डिजल कन्सर्नले विश्व प्रशिद्ध अमेरिकन साउण्ड ग्रुप जेनेरेटर कमिन्स ज्याक्सनको पनि बिक्री वितरण बिगत १५ वर्षदेखि गर्दै आइरहेको छ ।
निकट भविष्यमा काठमान्डौं इन्फ्राले नेपालको समग्र उत्पादनमुखी उद्योग क्षेत्रलाई समेट्ने विभिन्न मेसिनहरु पनि उपलब्ध गराउने तयारीमा छ ।
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
सुनको भाउ घट्यो
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र...
काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
भद्रपुर ९झापा०, ८ माघः चालु आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा...
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार...
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...




