शुरुमा सेकेन्ड ह्यान्ड गाडी किन्ने चलन बढि : कोइराला
युवा व्यवसायी रमेश कोइराला नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्ष भएर काम गरिरहेका छन् । रिकन्डिसन व्यवसायको सुधार तथा हकहितका क्षेत्रमा काम गर्ने गरी उनले कार्ययोजना बनाएका छन् । यसैक्रममा अध्यक्ष कोइरालासँग आर्थिक आवाजले गरेको कुराकानीः
नेपाल रिकन्डिसन अटो व्यवसायी संघमा कस्ता व्यवसायी आबद्ध छन् ?
चार पांग्रे सेकेन्ड ह्याण्ड गाडीको व्यवसाय संचालन गरेका रिकण्डिसन व्यवसायीको छाता संस्था हो रिकण्डिसन व्यवसायी संघ । अहिले चार पांग्रेलाई मात्र सदस्यता वितरण गरेका छौं । हालैमात्र हाम्रो महाधिवेसन सम्पन्न भएर नयाँ समिति आएको हो । समितिमा हामीले देशभरका व्यवसायीलाई समेटेका छौं । १ सय ५० जनाले संघको सदस्यता लिनुभएको छ । पहिला भन्दा अहिले व्यवसायी बढ्नुभएको छ ।
बजारमा सेकेन्ड ह्याण्डका गाडीको माग कस्तो छ ?
करिब १५ देखि २० लाख रुपैयाँसम्मका गाडीको माग धेरै छ । धेरैले शुरुमा नयाँँ गाडी भन्दा सेकेन्ड ह्यान्ड गाडी नै किन्ने चलन बढी छ । शुरुमा कम बजेटको गाडी किन्ने, सिक्ने र चलाउन जान्ने भएपछि त्यसलाई एक्स्चेन्ज गरेर त्यो भन्दा माथिल्लो लेवलको गाडी लैजाने भन्ने ग्राहक बढी आउनुहुन्छ । नयाँ गाडीको करिब ६० लाख पर्छ भने २÷४ महिना चढेको गाडीमो मूल्य हाम्रोमा १०÷१५ लाख रुपैयाँ कम भएर आउँछ । त्यस्ता गाडी किन्ने ग्राहक हाम्रोमा आउनुहुन्छ । सेकेन्ड ह्यान्ड गाडी किनिसकेपछि पुनः बेच्नुपरेमा पनि खासै घाटासमेत पर्दैन ।
रिकन्डिसन व्यवसायीले भोग्नुपरेका समस्याहरु के-के छन् ?
हामी व्यवसायीले प्राविधिक, पार्किङ लगायतका विविध समस्या झेल्नुपरिरहेको छ । गाडी पास गर्न जाँदा पार्किङ शुल्क धेरै तिर्नुपर्छ । खाली जग्गा पाएमा संघले नै ठाउँ लिएर न्युनतम पाकिङ शुल्क लिएर संघका सदस्यलाई पार्किङ गर्न पाउने सोच बनाएका छौं ।

व्यवसायमा पछिल्लो समय धेरै मर्का भोग्नुपरेको छ । नयाँ गाडी किन्दा बैंंकले ५० प्रतिशत फाइनान्समा ऋण दिन्छ । तर, २ महिना पछि त्यही गाडीको लागि बैंकले लोन दिन मान्दैन । वनर ट्रान्स्फर भइसकेको छ नयाँ किन्नुस पुरानोलाई हुँदैन भन्ने प्रतिक्रिया बैंकबाट पाउँछौं । बैैंकको अहिलेको पोलिसी खासै चित्त बुझ्दो छैन । हामीले बैंकर एसोसिएसनका अध्यक्षलाई पनि यो कुरा राखेका छौं । हामीले एडभान्स र चेकको भरमा गाडी दिनुपर्ने हुन्छ । कहिले काही कतिपय ग्राहक गाडी लगेपछि विभिन्न बाहना बनाएर सम्पर्कमा नआउने तथा भाग्ने गरेको पनि पाइन्छ ।
अध्यक्ष बनिसकेपछि संघमार्फत के-कस्ता काम गर्ने योजना बनाउनुभएको छ ?
हाम्रो मुख्य सक्रियता व्यावसायिक हकहितकै क्षेत्रमा हुन्छ । यातायात कार्यालयमा गएर प्राविधिक, पार्किङ, कामले गएका व्यक्तिलाई बस्ने व्यवस्था, पिउने पानीको समस्या लगायतका समस्या समाधानका लागि पहल गरेका छौं । समस्या समाधानका लागि उहाँहरु सकारात्मक हुनुहुन्छ । संघले गर्नुपर्ने कामका योजना बनाएका छौं । मूल्यमा समानता कायम गर्ने, स्वच्छ प्रतिश्पर्धा गर्ने, उपभोक्ताको सन्तुष्टीलाई प्राथमिकतामा राख्ने, सवारी साधनको अञ्चलीकरण, नामसारी तथा सहमती लिने कुरालाई सहज बनाउने र प्राविधिक समस्या समाधान गर्ने, बैंक तथा वित्तीय संथामा भोग्नुपरेका समस्या समाधनमा लाग्ने, बिक्री पछि रिकभरीमा देखिएका समस्या समाधान गर्ने, आयकर तथा मूल्य अभिवृद्धि करमा आएका समस्या समाधान गर्ने, रिकन्डिसन व्यवसायी माथि रहेको असमान व्यवस्था संसोधनको पहल गर्ने, बीमा दावी भुक्तानीमा रहेको समस्या निर्क्योल गरि नेतृत्व लिने लगायतका कामलाई प्राथमिकतामा राखेका छौं ।
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
काठमाडौं। लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ । भृकुटीमण्डपमा...
२६ एजेन्डा कार्यन्वयन गर्न प्रतिबद्ध छु: भूषाल
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघको आसन्न निर्वाचनमा दिपकराज भुषालले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ। उम्मेदवारीसँगै भुषाल र उहाँ नेतृत्वको समूहले...
व्यवसायीक हितका लागि हामी एकढिक्का भएर अगाडि बढ्नुपर्छ : एन्ड्रयु पौडेल
एन्ड्रयु पौडेल (लक्ष्मण), अध्यक्ष पदको उम्मेदवार, नेपाल शैक्षिक परामर्श संघ (ECAN) नेपाल शैक्षिक परामर्श संघ (ECAN)को साधारण सभामा अध्यक्ष...
नेपालले लगानी योग्य परियोजना र ‘च्याम्पियन’ नेतृत्वसहित जलवायु वित्त दाबी गर्नुपर्छः डा. भीम अधिकारी
जलवायु परिवर्तन केबल वातावरणीय समस्या नभई अर्थतन्त्र, सामाजिक न्याय र विश्व राजनीति जोडिएको गहिरो संकट हो । पेरिस सम्झौताअन्तर्गत...




