समाचार

महिला उद्यमशीलता, क्षमता वृद्धिको लागि जुत्ता चप्पल बनाउने तालिम

पोखरा । महिला उद्यमशीलता, क्षमता वृद्धिको लागि जुत्ता चप्पल बनाउने तालिम मङ्गलबार पोखरामा सुरु भएको छ । जाल्पादेवी महिला उद्धार समूह सिमलचौर पोखराको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ८को सहयोगमा स्थानीय महिलाहरुका लागि तालिम आयोजना गरिएको अध्यक्ष राधिका थापाले जानकारी दिइन् । तालिम एक सातासम्म चल्नेछ ।

तालिम शुभारम्भ गर्दै वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले वडामा रहेका महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्य अनुसार ११ सय भन्दा बढीलाई विभिन्न तालिममा सहयोग गरिदै आएको बताए ।

कार्यक्रममा वडा सदस्य कृष्णमान ठुसाजू, किरण गौतम, सृजना विकास केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर थापा, जाल्पादेवी टोल समितिका अध्यक्ष विश्वकुमार विजुक्छे, सृजना महिला सहकारीका अध्यक्ष शुष्मा पहारी, संस्थापक अध्यक्ष शारदा सुवेदी, पूर्व अध्यक्ष पवित्रा के.सी. लगायतले तालिममार्फत समूह पहिचान गरी व्यवसायिक उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।

समूहका अध्यक्ष राधिका थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक गोविन्द नेपाली, उपाध्यक्ष दुर्गा अधिकारी, सचिव अमृता गिरीले तालिमको बारेमा आ–आफ्ना धारणा राखे । वि.सं. २०५३ मा स्थापित समूहमा ५०० भन्दा बढी महिला सदस्यहरु रहेको र समूहमार्फत शिक्षा, स्वास्थ्य लगायतका विभिन्न तालिमा गर्दै आएको छ ।

सम्बन्धित समाचार

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

गोरखा। मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । शनिबार...

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...