अर्थ

इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो पोखरामा सार्वजनिक

पोखरा । इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो पोखरामा सार्वजनिक भएको छ । पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालि पोखराका प्रमुख संचालक अधिकृत राजेश रानाभाट र मानव संसाधन प्रमुख विश्वमणि भण्डारीले मंगलबार एक कार्यक्रमबीच उक्त कारको सार्वजनिक गरे ।

यो कारले सर्वाधिक माइलेज दिने दावी गरिएको छ । सो गाडीको ‘लो रनिङ कस्ट’का कारण बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने उक्त अवसरमा बोल्दै रानाभाटले बताए । ‘नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रिडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू छन्,’ उनले भने ।

यो गाडी ३ भेरियन्टमा उपलब्ध रहेको प्रवन्धक नवराज अधिकारीले जानकारी दिए । गाडी २७ लाख ९९ हजार, २९ लाख ९९ हजार र ३१ लाख ९९ हजार रुपैयाँमा बजारमा उपलब्ध छ ।

‘सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ,’ उनले भने, ‘यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ्र ।’

अल-न्यु सेलेरियोले थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिश थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५’’ (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्ने कम्पनीको विश्वास छ ।

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रिडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।

पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको Dual Jet, Dual VVT युक्त K–Series engine प्रयोग गरेको छ । जसले नेपालमै सर्वाधिक २६.६८ प्रतिकिलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।

सेगमेन्टमै पहिलो Idle Start–Stop प्रयोग गरिएको नयाँ सेलेरियोले CO2 emissions लाई १९ प्रतिशतसम्म घटाउने छ । अत्याधुनिक प्रविधिद्वारा संचालित, नयाँ सेलेरियोले 89Nm@3500rpm को टर्क र 67ps@5500RPM को पावर प्रदान गर्दछ । नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कूल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ ।

सुजुकीको Advanced HEARTECT प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । HEARTECT प्लेटफर्मले कारको क्र्यास, Rigidity र समग्र बललाई सुधार गर्छ । उच्च तन्य स्टीलको व्यापक प्रयोग र १२+ सुरक्षा सुविधाहरूले सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको विश्वास छ ।

यो गाडीमा 17.78 cm (7 inch) SmartPlay studio infotainment system उपलब्ध गरिएको छ । यसका अतिरिक्त, फर्स्ट इन सेगमेन्ट इन्जिन पुश स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि ल्याइएका छन् । माउन्टेड अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट, र उचाइ–समायोज्य ड्राइभर सिट जस्ता सुविधाहरूले नयाँ सेलेरियो थप आराम्दाई हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर...

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक...

सुनको मूल्यमा फेरि रेकर्ड

सुनको मूल्यमा फेरि रेकर्ड

काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको...

हेर्नुहोस् डलरको भाउ

हेर्नुहोस् डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को...