समाचार

लेखनाथको समग्र विकास, कृषि तथा स्थानीय उत्पादन बजारीकरणका लागि महोत्सव

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा फागुन २६ गतेबाट १७औं संस्करणको लेखनाथ महोत्सव सञ्चालन हुँदैछ । लेखनाथको समग्र विकास, कृषि तथा स्थानीय उत्पादन बजारीकरण, पर्यटनको प्रवद्र्धन लगायतको लक्ष्यसहित संंघले वर्षेनी महोत्सव गर्दै आइरहेको छ । यसैक्रममा महोत्सवका विविध विषयमा केन्द्रित रहेर संघका अध्यक्ष छत्रधर आत्रेयसँग खबरसेवाले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौंः

लेखनाथ महोत्सवको तयारी कस्तो छ ?
लेखनाथ उद्योग वाणिज्य संघले बिगत १६ वर्षदेखि लेखनाथ महोत्सव आयोजना गर्दै आइरहेको छ । गत वर्ष कोरोना महामारीका कारण हामीले महोत्सव सञ्चालन गर्न सकेनौं । यस वर्ष पनि महोत्सव गर्न सकिन्छ कि सकिदैन भन्ने भइरहेको थियो । समय सहज बनेको मूल्यांकन गरी हामीले माघ १३ बाट महोत्सव गर्ने गरी तयारी गरेका थियौं । कोरोनाको तेस्रो लहरका कारण माघमा महोत्सव गर्न सकिएन र स्थगित गर्नुपर्यो । फागुन लागेसँगै कोरोना संक्रमण दर न्युन भयो र परिस्थिति सहज बन्दै गयो । हामीले स्थगित महोत्सवलाई अब फागुन २६ देखि चैत ७ गतेसम्म गर्ने भएका छौं । महोत्सवको मिति नजिकिएसँगै तयारीलाई तिब्र बनाएका छौं ।

महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउनु नै महोत्सवको मुख्य उद्देश्य हो । स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीहरुलाई प्रोत्साहन गर्दै प्रविधिको हस्तान्तरण गर्न महोत्सव आयोजना गरिएको हो । कृषि, घरेलु, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरण, जैविक विविधताको संरक्षण र पर्यटन प्रवद्र्धन पनि महोत्सवको लक्ष्य हो । कला र संस्कृतिको संरक्षणमा पनि हामीले महोत्सव मार्फत योगदान पुर्याउनेछौं । लुकेका प्रतिभाहरुको खोजी पनि महोत्सवमा हुनेछ ।

महोत्सवलाई लेखनाथबासीको साथ कस्तो छ ?
लेखनाथ महोत्सवलाई समग्र लेखनाथबासीले मेरो र हाम्रो महोत्सव भन्ने सोच्दै आउनुभएको छ । सफल बनाउन आ–आफ्नो ठाउँबाट सहयोग पनि गर्नु भएको छ । यसपटकको महोत्सवमा पनि लेखनाथ क्षेत्रका समग्र राजनीतिक दल, सामाजिक संघसंस्था, सम्पूर्ण उद्योगी, व्यवसायी, आमा समूह, युवा समूह तथा विभिन्न संघसंस्था, सम्पूर्ण जातजातिको प्रत्यक्ष सहभागितामा महोत्सव सफल हुनेछ । सम्पूर्ण लेखनाथबासीले महोत्सवको अपनत्व लिनुभएको छ ।

यस वर्ष महोत्सवमा फरक गतिविधि के-के गर्दै हुनुहुन्छ ?
वर्षेनी फरक-फरक खालका गतिविधि लेखनाथ महोत्सवमा हुँदै आइरहेका छन् । यस वर्ष पनि हामीले फरक खालको गतिविधि महोत्सवमा समावेश गर्ने नै छौं । यस पटक खेलकुदको गतिविधि थप गरेका छौं । शैक्षिक प्रदर्शनी लगायत विविध गतिविधिमा नविनता प्राप्त गर्नुहुनेछ ।

लेखनाथ क्षेत्रमा लगानीको सम्भावना कस्तो देख्नुहुन्छ ?
लेखनाथका ग्रामीण क्षेत्रमा कृषिको सम्भावना राम्रो छ । सात तालको बाटिका शहर लेखनाथमा पर्यटनको पनि अथाह सम्भावना छ । प्राकृतिक सुन्दरताले भरिएको लेखनाथ धार्मिक र साँंस्कृतिक रुपमा पनि प्रशस्त सम्भाबना बोकेको शहर हो । औद्योगिक शहरका रुपमा पनि लेखनाथलाई विकास गरिनुपर्छ । महोत्सवले पनि यहाँको लगानीको सम्भावनाहरुको खोजी गर्नेछ ।

महोत्सवमा कति वटा स्टल रहन्छन् ? कारोबार कति हुने अपेक्षा छ ?
महोत्सवमा करिब ३ सय वटा स्टल रहन्छन् । स्टलहरुमा फरक फरक पहिचान देखिनेछ । स्थानीय र घरेलु उत्पादनलाई प्राथमिकतामा राखेका छौं । करिब २ लाख पचास हजार दर्शकले महोत्सव अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब १ करोड ५ लाख रुपैयाँ आम्दानी हुने र महोत्सव सम्पन्न गर्न करिब ९० लाख रुपैयाँ खर्च भई १५ लाख रुपैयाँ बचत हुने अपेक्षा गरेका छौं ।

सम्बन्धित समाचार

बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ आउँदै...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं। बैतडीको दशरथ चन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने...

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती। कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य...

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८०...