शिक्षा

शैक्षिक परामर्श क्षेत्रका सम्भावना, अवसर र चुनौतीहरुका विषयमा छलफल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र विभिन्न देशका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बर्तमान परिवेशमा शैक्षिक परामर्श क्षेत्रका सम्भावना, अवसर र चुनौतीहरुका विषयमा केन्द्रित रहेर इक्यान अष्ट्रेलिया डिपार्टमेन्टको नेतृत्वमा शुक्रबार कार्यक्रम भएको हो ।

कार्यक्रममा अष्ट्रेलिया, क्यानडा, युके लगायत अन्य देशका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु सहभागी थिए । समग्र शैक्षिक परामर्शलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको इक्यानले जनाएको छ ।

इक्यानका अष्ट्रेलिया डिपार्टमेन्ट प्रमुख तथा निबर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले कार्यक्रमको विषय बस्तुमाथि केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए । इक्यानका अध्यक्ष प्रकाश पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा महासचिव दीपकराज भुसालले सहजीकरण गरेका थिए ।

इक्यानका पूर्व अध्यक्षहरु, सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा कार्यसमिति सदस्य र कलेज तथा युनर्भिसिटीका प्रतिनिधिले उक्त अवसरमा आ–आफ्नो विचार राखेका थिए । समग्र शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

 

सम्बन्धित समाचार

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...

नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार

नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार

काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...