अर्थ

समृद्धि फाइनान्सद्वारा पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण

काठमाडौं । समृद्धि फाइनान्सले पशुपति क्षेत्र विकास कोषलाई झोला सहयोग गरेको छ । फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषलाई ५ सय थान झोला सहयोग गरेको हो ।

सोमबार एक कार्यक्रमबीच कोषलाई झोला वितरण गरिएको हो । समय–समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । भविष्यमा पनि यस्ता कार्यक्रमहरु गर्ने फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताए ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम ११ प्रतिशतसहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आइरहेको छ । जनकपुर, इटहरि र बनेपामा फाइनान्सले छिट्टै शाखा विस्तारको तयारी गरेको छ ।

सम्बन्धित समाचार

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र...

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

भद्रपुर ९झापा०, ८ माघः चालु आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा...

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार...

कति छ आज तरकारीको मूल्य?

कति छ आज तरकारीको मूल्य?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...