अर्थ

पोखरामा विशेष छु अफरसहित एसवाईएम टेष्ट राइड एण्ड एक्स्चेन्ज क्याम्प हुँदै

पोखरा । के.जी. इन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरामा एसवाईएम मोटरसाइकलको टेष्ट राइड एण्ड एक्स्चेन्ज क्याम्प आयोजना गरेको छ । च्वाइस बाइक नयाँबजार पोखरामा चैत २० देखि २२ गतेसम्म टेष्ट राइड र एक्स्चेन्ज क्याम्प हुने प्रालिका जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् ।

सय जनाले टेष्ट राइड गरिसकेपछि ३ जना लक्की राइडरलाई १० हजार रुपैयाँ नगद उपहार प्रदान हुनेछ । पहिलो ६ जना एसवाईएम खरिद कर्तालाई २० हजार पर्ने राइडिङ ज्याकेट उपहार प्रदान हुने खत्रीले जानकारी दिइन् ।

एक्स्चेन्ज गर्दा पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा २० हजार रुपैयाँ थप मूल्यांकन हुनेछ भने नगद छुट १० हजार रुपैयाँ हुनेछ । ३ दिनसम्म चल्ने उक्त अफरसहितको टेष्ट राइड तथा एक्स्चेन्ज क्याम्पमा सहभागी भएर लाभ लिन प्रालिले सम्पूर्ण मोटरसाइकल पारखीमा आह्वान गरेको छ ।

एसवाईएमको एनएचटी२०० बाइक नेपाली बजारमा छोटो समयमा लोकप्रिय रहेको खत्री बताउँछिन् । ‘पोखरा क्षेत्रका ग्राहकको सुविधालाई ध्यानमा राख्दै अफर ल्याएका हौं,’ खत्रीले भनिन् ।

कम्पनीले बिगत केही वर्षदेखि विश्वको प्रशिद्ध ब्राण्डहरुलाई नेपालमा भित्र्याउँदै आइरहेको छ । बिक्रीसँगै बिक्री पछिको सेवालाई मध्यनजर गरी सर्भिस सेन्टर स्थापना र स्पेयर्स पार्टसको उपलब्धतालाई ध्यान दिइरहेको खत्रीले जानकारी दिइन् । ‘हाम्रो मुख्य उद्देश्य नै ग्राहकलाई सन्तुष्ट बनाउनु हो,’ उनले भनिन्, ‘सर्भिस र स्पेयर्स पार्टस् सुपथ मूल्यमा उपलब्ध गराउँछौं ।’

काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन एसवाईएमको शोरुम सञ्चालनमा छन् । एसवाईएम ताइवानको कम्पनी हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् ।

यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५.७ एमएम र ७५०० आरपिएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०/८०–१७ रहेको खत्रीले जानकारी दिइन् । यो बाइकमा फुल एलइडी लाइट छ । १२५ किमी पर आवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

काठमाडौँ। सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ...

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...