खेलकुद

नेपाल खेलकुद महासंघ समाजवादी क्षेत्रीय कमिटीमा युवा नेता केम्स

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जनसंगठन नेपाल खेलकुद महासंघ समाजवादी क्षेत्रीय कमिटी निर्वाचन क्षेत्र नम्बर १ काठमाडौंको अध्यक्षमा युवा नेता केम्स सिंह निर्वाचित भएका छन् । युवाहरुको भेलाले उनको नेतृत्वमा सर्वसम्मत समिति गठन भएको हो ।

उपाध्यक्षमा बिपिन खनाल र लक्ष्मी थापा, सचिवमा प्रज्वल मगर, सहसचिवमा सदीक्षा खरेल र साजन बोहरा, कोषाध्यक्षमा मोनिका चौलागाईं निर्वाचित भएका छन् । सदस्यमा विशाल बुढाथोकी रवि श्रेष्ठ, बिजय शाही, अनिल बुढा, सुदेश पहाडी छन् । अध्यक्षमा निर्वाचित गर्ने सम्पूर्णप्रति अध्यष सिंहले आभार व्यक्त गरे । संस्था र पार्टीको मर्म अनुसार आफूले काम गर्ने उनले बताए ।

त्यसैगरी भेलाले अनिस लिम्बूको अध्यक्षतामा नेपाल खेलकुद महासंघ वडा नम्बर ३१ समेत गठन भएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी अध्यक्ष साबित्रा भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सम्बन्धित समाचार

क्रिकेट टोलीलाई २० लाख हस्तान्तरणपछि सुनिल शर्माको घोषणा : सुपर ८ पुगे २० लाख थप्छु

क्रिकेट टोलीलाई २० लाख हस्तान्तरणपछि सुनिल शर्माको घोषणा : सुपर ८ पुगे २० लाख थप्छु

काठमाडौं। नेपाली काँग्रेसका नेता डाक्टर सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई...

महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अपमा नेपाल अमेरिकासँग पराजित

महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अपमा नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । नेपाललाई...

एन्फाको बजेट डेढ अर्ब बढी

एन्फाको बजेट डेढ अर्ब बढी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक बजेट डेढ अर्ब भन्दा बढी पारित भएको छ । अर्ली...

आयरल्यान्डसँग नेपाल पराजित

आयरल्यान्डसँग नेपाल पराजित

काठमाडौँ। आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोट अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । नेपाल...