शिक्षा

मनास्लु वर्ल्ड कलेजद्वारा आयोजित निबन्ध प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपालको अग्रणी शैक्षिक संस्था मनास्लु वर्ल्ड कलेजद्वारा आयोजित निबन्ध प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा २३ वटा विद्यालयको प्रतिनिधित्व रह्यो भने ५९ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका छन् ।

कलेजले कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए । ‘आवश्यकता नै आविस्कारको जननी हो’ र ‘भर्चुअल कक्षा र यसको सिकाइमा प्रभावकारिता’ शीर्षकमा प्रतियोगिता भएको हो ।

प्रतियोगिताको नतिजा मंगलबार सार्वजनिक हुनेछ । बुधबार पुरस्कार वितरण हुने कलेजले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यार्थीलाई क्रमशः १० हजार, ७ हजार ५ हजार र २ हजार रुपैयाँ नगदका साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

‘विद्यार्थीमा अन्तर्निहित क्षमताकोे प्रस्फुटन गराउने र औपचारिक शिक्षा बाहेक बाह्य ज्ञानसमेत बढाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेका हौं,’ उनले भने, ‘मनास्लु वल्र्ड कलेजले समय सम

 

सम्बन्धित समाचार

नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार

नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार

काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...

जलवायुजन्य प्रकोपको उच्च जोखिमका विद्यालयहरु उत्थानशीलतामा अग्रसर

जलवायुजन्य प्रकोपको उच्च जोखिमका विद्यालयहरु उत्थानशीलतामा अग्रसर

विपद्को उच्च जोखिममा रहेका समुदायका विद्यार्थीका लागि शैक्षिक सत्र अक्सर बाढी, तातो लहर तथा शीतलहरका कारण प्रभावित हुने गर्दछ...

१५–१९ वर्ष समूहका प्रत्येक चारमध्ये एक जना विद्यालय बाहिर

१५–१९ वर्ष समूहका प्रत्येक चारमध्ये एक जना विद्यालय बाहिर

काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत दुई वटा प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलवार...

काठमाडौं विश्वविद्यालयमा ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम शुरु

काठमाडौं विश्वविद्यालयमा ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम शुरु

काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक फिल्म स्टडिजमा स्नातकोत्तर तहको कार्यक्रम शुरु गरेको छ । विश्वविद्यालयको स्कूल अफ आट्र्स अन्तर्गत...