चट्टान आरोहण तालिम सिकाउँदै विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना
काठमाडौं । याम बहादुर (कमल) फाएडेशन इलामको आयोजनामा इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका वडा नं. ८ मा रेहको चट्टान आरोहणमा १ हप्ताको प्रारम्भिक तालिम संचालन भएको हो । साहसिक खेलको माध्यमबाट पर्यटकलाई आकर्षण गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको बताइएको छ ।
विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले सहभागीलाई प्रशिक्षण दिइरहेकी छन् । त्यस्तै अन्य प्रशिक्षकमा मनिषा बुढामगर र सुसान्त ढुंगेल छन् । तालिमलाई इलाम नगरपालिकाले सहयोग गरेको छ । इलामका विभिन्न ठाउँका १० जना युवाहरुले यो तालिममा सहभागिता भएका छन् ।
एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ ।
तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिदै जाने जनाइएको छ । इलाम नगरपालिकामा साहसिक पर्यटकहरुलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तब्यको रुपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनी समेत भएको छ ।
पर्यटकीय नगरपालिका देशका पुराना नगरपालिकामध्येको एक हो इलाम नगरपालिका । इलाम नगरपालिका १७३.३२ वर्ग कि.मी क्षेत्रमा फैलिएको छ । ऐतिहासिक, सांँस्कृतिक सम्पादहरुको साथै भाौगोलिक विविधता रहेको यो नगर साहसिक खेलको लागि पनि उत्तिकै महत्व छ ।

ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...




