शनिबार, कार्तिक २३, २०८२
English
Follow us:

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेकाे अध्यक्ष ओली भनाइ

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेकाे अध्यक्ष ओली भनाइ

  • खबर सेवा

  • बिहिबार, चैत्र २४, २०७८

  • 146
    SHARES
समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध  रहेकाे अध्यक्ष ओली भनाइ

नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा लाने  बताएका छन् ।

नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताएका हुन्।

अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भने । उनले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गरेका छन्।

अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु एकएक लाख दिने घोषणा समेत गरेका थीए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology