यती एअरलाईन्सको नयाँ वर्ष अफर ‘यती एक्स्ट्रा केयर’, ३ महिनासम्म लागु हुने
काठमाडौं । नेपाली हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले नयाँ वर्ष २०७९ को अवसरमा ‘यती एक्स्ट्रा केयर’ अफर ल्याएको छ ।
यती एअरलाइन्सले आफ्ना यात्रुलाई लक्षित गरी सानिमा जनरल ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा पहिलोपटक यो अफर ल्याएको हो ।
एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यात्रुहरुलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्न एअरलाईन्स संवेदनशील रहेकोले यात्रुका लागि ‘एक्स्ट्रा केयर अफर’ ल्याएको जानकारी दिए ।
उनका अनुसार यस योजनामा यतीको मोबाइल एप तथा वेबसाइटमार्फत् टिकट खरिद गरी उडान गर्ने यात्रुले ३० दिन अवधि सम्मका लागि रु एक लाखसम्मको दुर्घटना बिमा प्राप्त गर्नेछन् । यो योजना नयाँवर्ष २०७९ बैशाख १ गतेबाट लागू हुनेछ ।
उक्त योजनामा यात्रुले जति पटक यात्रा ग¥यो त्यति नै पटक बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । ३० दिन भित्रको अवधिमा दुई पटकभन्दा बढी यात्रा भएको खण्डमा यात्रा गरेको सबैभन्दा अन्तिम मिति देखि ३० दिनसम्मको बिमा प्राप्त हुनेछ भने अघिल्लो यात्रा गर्दा प्राप्त गरेको पोलिसी स्वतः रद्द हुँदै जानेछ ।
हालको लागि उक्त अफर ३ महिनाका लागि लागू हुने प्रवक्ता बर्तौलाले बताए । उक्त अफर अहिलेको लागि नेपाली यात्रुलाई मात्र लागू हुने र प्राथमिकता हेरेर आगामी दिनमा म्याद थप हुने कम्पनीले जनाएको छ ।
बिमा प्राप्त गरेका यात्रुको विमा अवधिमा दुर्घटना भएमा औषधी उपचारका लागी रु १० हजारसम्म र मृत्यु भएमा बीमाङ्कको शत प्रतिशत रकम प्राप्त गर्नेछन् । बिमा दाबी सम्बन्धी सर्वाधिकार बिमा समितिको पोलिसी अन्तर्गत सानिमा जनरल ईन्स्योरेन्स कम्पनीमा निहित हुने एअरलाइन्सले जनाएको छ ।
विगत केही समयदेखी यात्रुहरुको सुरक्षाका साथै सहुलियत र सुविधामा पनि ध्यान दिई विभिन्न कार्य गर्दै आएको यतीले भविष्यमा पनि यस्ता अफर ल्याउँदै जाने जनाएको छ । यती एअरलाइन्स र भगिनी संस्था तारा एअरले हाल देशको सर्वाधिक ठाँउमा उडान सञ्चालन गर्दै आएका छन् ।
ताजा अपडेट
-
१.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
२.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
३.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
-
४.
सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन
-
५.
भ्रामक समाचारबाट बच्न आयोगको आग्रह
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
५.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
सम्बन्धित समाचार
हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन
बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा...
कुमाल बस्तीमा पिउने पानीको समस्या
भोजपुर। षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार...
काठमाडौँको तापक्रम माघ लागेलगत्तैको कम
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) माघ लागेयताकै कम देखिएको छ। मौसम पूर्वानुमान माहशाखाका अनुसार बिहान ५:४५ बजे...
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही...




