अटेरी अभियानको चुनावी घोषणापत्र सार्वजनिक
पोखरा । अटेरी अभियानले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार पोखरामा आयोजित पोखरा लक्ष्य २०७९ कार्ययोजना सार्वजनिकीकरण कार्यक्रम मार्फत घोषणापत्र सार्वजनिक गरिएको हो ।
“निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन” अटेरी अभियान पोखरा लक्ष्य २०७९ नाम दिइएको घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र सार्वजनिक गरि सकेपछि सिद्धार्थ नगर नगरपालिका रुपन्देही प्रमुखमा अटेरी उम्मेद्वारी घोषणा गरेकी इशा खड्काले सचेत नागरिकको हैसियले सबैले अटेर गर्नुपर्ने बताइन् । नागरिकहरु नैतिक रहँदा रहँदै पनि व्यवस्थाले नागरिकहरुलाई अनैतिक बन्न बाध्य पारेको समेत उनले बताइन् ।
नगर प्रमुखका रुपमा अटेरी उम्मेदवारी घोषणा गरि सकेपछि उम्मेदवारी फिर्ता लिन विभिन्न प्रपञ्च रचिएको उनले सुनाइन् । ‘मैले उम्मेदवारी घोषणा गरि सकेपछि, उम्मेदवारी फिर्ता लिन विभिन्न प्रलोभनहरु आए, उम्मेदवारी फिर्ता लेऊ समेत भन्नु भयो,’ उनले भनिन् ।
खड्काले एक्लै उम्मेदवारी घोषणा गरेर अटेरी गरि रहँदा पोखरामा जम्मा भएका अटेरी अभियन्ताहरुको भीडले उर्जा थपेको सुनाइन् ।
घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा लेखक कुमार नगरकोटीले दुई कविता सुनाएका थिए । नगरकोटीले अटेरी अभियन्ताहरुलाई शुभेच्छा प्रकट गर्न काठमाडौंबाट पोखरा आएको सुनाए । ‘जीवनमा पहिलो चोटी यस्तो कार्यक्रममा उपस्थित भएको छु । साहित्यीक कार्यक्रमहरुमा जाने गर्थे, यो राजनीतिक आम सभामा सुन्न, कहिले पनि भाग लिन गएको छैन,’ उनले भने, ‘यो नै मेरो जीवनको पहिलो हो ।’
लेखक नगरकोटीले अटेरी अभियन्ताहरुलाई जितको शुभकामना दिए । उनले अभियानप्रति समर्थन पनि जनाएका छन् ।
पोखरा महानगरपालिका प्रमुख पदमा उम्मेदवारी घोषणा गरेर अटेरी अभियानको सुरुआत गरेका गनेस पौडेलले कुनै पनि दलको विचार नबोकी राजनीति गर्न सकिने बताए । ‘जसरी तपाईं धार्मिक नभई आध्यात्मिक हुन सक्नु हुन्छ । त्यसैगरि राजनीतिक दर्शन यही हो मेरो नभनि तपाईं राजनीति गर्न सक्नु हुन्छ,’ उनले भने, ‘हामीले गर्न खोजेको त्यही हो ।’
जुनसुकै दलमा आस्था राखे पनि अटेर गर्न उनले अपिल गरे । नेपाल ७० वर्षदेखि राजनीतिक संक्रमणकालबाट गुज्रिएको उनले सुनाए । जनताले चाहेको सामान्य सुविधा लिन पनि निकै सास्ती झेल्नु परेको उनले बताए ।
उनले राजनैतिक दलविरुद्ध अटेरी गर्नुपर्ने बताउँदै ढोँगी जीवन नबाच्न समेत सबै मतदातालाई आग्रह गरेका छन् । हाल पोखरामा नगरप्रमुख सहित १५ जनाले वडाध्यक्ष र सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा गरि सकेका छन् ।
ताजा अपडेट
-
१.
महावीर पुनले पाउनु भो त्रिभुज चुनाव चिह्न
-
२.
नेकपासँग एकता गर्न एमालेलाई प्रचण्डको आग्रह
-
३.
अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल,सहकमाण्डरहरु कार्की र काफ्ले
-
४.
१६ एसपीहरूको पदस्थापना
-
५.
निर्वाचनका उम्मेदवारहरूको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई पत्राचार
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
यी हुन् पर्वतका प्रमुख चार दलका उम्मेदवार, कसको होला पल्लाभारी?
सम्बन्धित समाचार
पर्वत समाजको प्रथम साधारण शनिबार, पर्वत चिनारी र व्यक्तित्व सम्मान गरिँदै
काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन भोली शनिबार हुने भएको छ। काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा...
उम्मेदवारी फिर्ता लिदै आशिका
काठमाडौं । रास्वपाबाट धादिङ-२ मा उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिने हुनुभएको छ। उम्मेदवारी फिर्ता लिनेबारे उनले जिल्ला...
भक्तपुरकाे बाल सुधारगृहमा झडप र आगजनी
भादगाउँ । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच...
कोरिया अध्ययन गर्न जाने विद्यार्थीको ‘डकुमेन्ट भेरिफाइ’का लागि कोटा थप
काठमाडौं। नेपालस्थित कोरियन दूतावासले कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक कागजात प्रमाणीकरण (डकुमेन्ट भेरिफाइ)का लागि कोटा थप गरेको छ।...




