समाचार

सक्षम, सबल, समृद्ध र विकसित सूर्यबिनायकका लागि उम्मेदवारी : थापा

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिकामा मेयरका लागि एमालेबाट उम्मेदवारी प्रस्तुत गरेका युवा नेता किरण थापाले पद प्राप्त गर्नुमात्र आफ्नो लक्ष्य नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाई सार्वजनिक गर्दै सक्षम, सबल, समृद्ध र विकसित सूर्यबिनायक नगरपालिका निर्माणको लागि आफूले उम्मेदवारी दिने बताएका छन् ।

‘पद प्राप्त गर्नुमात्र मेरो लक्ष्य होइन । न त यतिको लागि मात्र मेरो घोषणा गरिएको उम्मेदवारी हो । मेरो उद्देश्य त साच्चै नै सक्षम सवल समृद्ध विकसित सूर्यबिनायक नगरपालिका निर्माणको लागि हो,’ उनले भनेका छन्, ‘एतिहासिक धरोहरहरुको संरक्षण, धर्म, संस्कार, संस्कृति, यहाँ रहेका मठमन्दिर, जात्रा, परम्पराहरुको स्याहार सुसार, सम्बद्र्धनमात्र होइन पुस्तान्तरणलाई मौलिक ढङ्गबाट प्रबद्र्धन गर्नु एकमात्र लक्ष्य हो ।’

भौतिक सम्मुन्नतिसँगै आर्थिक, सांस्कृतिक, धार्मिक परम्पराको सुरक्षा आफ्नो महत्वपूर्ण अभिभारा रहेको उनले बताए ।

अहिले नगरपालिकाको वडा नंं ८ को वडा अध्यक्ष रहेका उनी मेयरको उम्मेदवार बन्न बिगतदेखि नै तयारी गरिरहेका थिए । थापाले वडा अध्यक्ष भएर उत्कृष्ट कार्य गर्न सफल भएका छन् । कामबाट आफूले वडाबासीको मन जित्न सफल रहेको र आगामी दिनमा मेयर बनेर नगरपालिकाको समग्र विकासमा आफ्नो तर्फबाट योगदान गर्ने लक्ष्य रहेको थापाले बताए ।

राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभव अब नगरपालिकाको विकासमा केन्द्रित गर्ने उनको भनाइ छ । पार्टीको जिल्ला कमिटिको सदस्यसमेत रहेका थापाले भने, ‘वडामा जसरी काम गरेको छु त्यसरी नै नगरपालिका भरी काम गर्ने मेरो सोच छ ।’

पार्टीबाट मेयरमा आफू सिफारिस हुनेमा विश्वस्त रहेको पनि थापाले बताए । सूर्य बिनायकलाई स्मार्ट सिटी बनाउने, खेल मैदान, रंगशालाको विकास, व्यवस्थित स्कुल, नगरबासीको आर्थिक उपार्जन हुने काम, युुवा स्वरोजगारका गतिविधि, पर्यटन प्रवद्र्धन लगायत नगरबासीको हितमा आफूले काम गर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा...

कुमाल बस्तीमा पिउने पानीको समस्या

कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर। षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार...

काठमाडौँको तापक्रम माघ लागेलगत्तैको कम

काठमाडौँको तापक्रम माघ लागेलगत्तैको कम

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) माघ लागेयताकै कम देखिएको छ। मौसम पूर्वानुमान माहशाखाका अनुसार बिहान ५:४५ बजे...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही...