शुक्रबार, माघ ११, २०८१
English
Follow us:

सेलिब्रेटीदेखि सर्वसाधरणको रोजाईमा जुरी युनिसेक्स पार्लर

सेलिब्रेटीदेखि सर्वसाधरणको रोजाईमा जुरी युनिसेक्स पार्लर

  • खबर सेवा

  • सोमवार, चैत्र २८, २०७८

  • 12
    SHARES

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित ठूलो खरिबोटमा चर्चित हेयर सैलुन देख्न सकिन्छ । हेर्दा सामान्य जस्तो लागेपनि जुरि युनिसेक्स पार्लर काठमाडौंको चर्चित हेयर सैलुन हो । यसका सञ्चालक जुरी ठाकुरसँग यो व्यवसायमा लागेको २ दशक भन्दा बढीको अनुभव छ ।

नेपालमा नाम चलेका चर्चित सेलिब्रेटी र सर्वसाधरणको रोजाईमा पर्छ जुरि युनिसेक्स पार्लर । पार्लरले उत्कृष्ट सेवा सुविधा प्रदान गर्दै आएको यसका सञ्जालक जुरी बताउँछन् । शुलभ शुल्कमा सेवा दिनु यो पार्लरको विशेषता हो । पुरुष तथा महिला दुवैको कपाल काट्नेदेखि लिएर फेसियल, कलर लगायत हेयर डिजाइन तथा मेकअपसँग सम्बन्धित सम्पूर्ण सेवा पार्लरमा उपलब्ध रहेको जुरीले बताए ।

जुरीले चर्चित कलाकारहरु पल शाह, रमित ढुंगाना, भुवन केसी, हरिबंश आचार्य, जयकिसन बस्नेत, सोभित बस्नेत, शिशीर भण्डारी, केदार घिमिरे, प्रदिप खड्का, पुष्प खड्का, अनमोन केसी, आकाश श्रेष्ठ, बिराज भट्ट, सुनिल थापा, दिलीप रायमाझी, राजेश पायल राई, सिताराम कट्टेल, किरण केसी, प्रकाश सुवेदी, अनुभव रेग्मी, गौरव नेपाली, सागर लामिछाने, कुमार कट्टेल, सन्दिप क्षेत्री लगायतलाई सेवा प्रदान गरिसकेका छन् ।

जुरी ठाकुरको पार्लरमा सेवा लिनेहरुको प्राय सधैं भिड लाग्ने गर्छ । ‘कलाकारदेखि सर्वसाधरणसम्मलाई एकै ठाउँमा सेवा दिन पाउँदा खुसी लाग्छ,’ उनी भन्छन्, ‘हामीले पारिवारिक वातावरणमा सौन्दर्य सेवा उपलब्ध गराउँदै आइरहेका छौं ।’ पार्लरमा १२ जना कर्मचारी सेवामा नियमित खटिने गरेको जुरीले जानकारी दिए ।

यो व्यवसायमा लाग्ने क्रममा कुनै समय जुरी ठाकुरले धेरै संघर्ष पनि गर्नुपर्यो । ‘त्यो दिनको दुःख र संघर्षलाई अहिले प्राप्त भएको सफलताले भने बिर्साइदिएको छ,’ जुरी भन्छन् । ‘म मेरो व्यवसायमा निकै खुसी छु,’ उनले भने, ‘आफूले जानेको ज्ञानबाट धेरैलाई सेवा दिने अवसर मिलेको छ ।’

जुरीले धेरैलाई पार्लर सम्बन्धी काम सिकाएका समेत छन् । हालसम्म हजार भन्दा बढीलाई काम सिकाइसकेका उनले जानकारी दिए । ‘काम सिकेका मध्ये धेरै जना विदेशमा रोजगारीमा छन् भने केहीले नेपालमै स्वरोजगार भएर पनि जीविकोपार्जन गरिरहेका छन्,’ उनले भने ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology