शिक्षा

‘दिक्षान्त अगाबै विद्यार्थी रोजगारी र ब्यवसायमा आवद्ध भएको खबरले हौस्याएको छ’

काठमाडौं । १२ वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आईटी एन्ड इ–कमर्सका तीन सय चौवन्न जना विद्यार्थी दिक्षीत भएका छन् । बेलायतको बिख्यात कोभेन्ट्री युनिभर्सिटीको पाठ्यक्रम अध्यापन गराउँदै आएको कलेजका स्नातक उत्रिण विद्यार्थीको राजधानीमा एक समारोहबीच दिक्षान्त समारोह गरिएको कलेज प्रमुख प्रमोद पौडेलले बताए ।

‘विद्यार्थी दिक्षान्त अगाबै रोजगारी र ब्यवसायमा आवद्ध भएको खवरले हामीलाई अझ हौस्याएको छ,’ कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले भने, ‘अहिले दिक्षीत भएका विद्यार्थी मध्ये ६०.२५ प्रतिशत विद्यार्थी बिभिन्न सरकारी एवं निजी संस्थामा कार्यरत छन् । २३ प्रतिशत विद्यार्थी रोजगारी एवं थप अध्ययनका लागि विदेश गएका छन् । त्यस्तै १२.५ प्रतिशत विद्यार्थीले आफ्नै स्टार्टअप सुरु गरेका छन् भने ४.२५ प्रतिशत फ्रीलान्सिङ गरिरहेका र उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका छन् ।’

हाल नेपालमा आइटी कम्पनीले मासिक करिब एक अर्ब आर्जन गरिरहेका छन् । नेपालमा विदेशी मुद्रा संचिति घटिरहेको सन्दर्भमा आइटिमा अझ धेरै दक्ष जनशक्ति उत्पादन गरि नेपालमै बसेर रेमिट्यान्स बढाउने अवस्था सिर्जना गर्न राज्यले आइटी शिक्षालाई प्राथमिकता दिने निति ल्याउन जरुरी रहेको श्रेष्ठ बताउँछन् ।

प्रयोगात्मक अध्यापनलाई जोड दिने कलेजले विभिन्न समयमा विद्यार्थीका परियोजनाको प्रदर्शनी समेत आयोजना गर्ने गर्छ ।बीआईटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ। कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भनेर इनोभेसन हबको परिकल्पना गरिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले ब्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई ५ लाख रुपैयाँसम्म अनुदान दिने श्रेष्ठले बताए ।

इनोभेसन हबमा कम्प्युटर, थ्री डी प्रिन्टर, सेन्सर, रोबटिक्स उपकरण, ड्रोन, लेगोस लगायत परियोजनाको आवश्यकता अनुसारको उपकरण सुबिधा भएको कलेज प्रमुख प्रमोद पौडेलले बताए । इनोभेसन हबमा उत्कृष्ट गर्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीसँग समन्वय गरि थप अवसर दिलाइने बताइएको छ । कलेजले औपचारिक अध्यापन बाहेक सिस्को सर्टिफाईड कोर्स, सर्टिफाइड एथिकल ह्याकिंग कोर्स र अन्य आईटी सम्बन्धित पाठ्यक्रमका कक्षा समेत संचालन गरिएको छ ।

कलेजले विभिन्न बिधामा विद्यार्थीहरुलाई कलेजकै तर्फबाट र युनिभर्सिटीको समन्वयमा छात्रावृत्ति समेत प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार

नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार

काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...

जलवायुजन्य प्रकोपको उच्च जोखिमका विद्यालयहरु उत्थानशीलतामा अग्रसर

जलवायुजन्य प्रकोपको उच्च जोखिमका विद्यालयहरु उत्थानशीलतामा अग्रसर

विपद्को उच्च जोखिममा रहेका समुदायका विद्यार्थीका लागि शैक्षिक सत्र अक्सर बाढी, तातो लहर तथा शीतलहरका कारण प्रभावित हुने गर्दछ...

१५–१९ वर्ष समूहका प्रत्येक चारमध्ये एक जना विद्यालय बाहिर

१५–१९ वर्ष समूहका प्रत्येक चारमध्ये एक जना विद्यालय बाहिर

काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत दुई वटा प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलवार...

काठमाडौं विश्वविद्यालयमा ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम शुरु

काठमाडौं विश्वविद्यालयमा ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम शुरु

काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक फिल्म स्टडिजमा स्नातकोत्तर तहको कार्यक्रम शुरु गरेको छ । विश्वविद्यालयको स्कूल अफ आट्र्स अन्तर्गत...