प्रमुख खवर

सूर्यबिनायक नगरपालिकामा किन किरण थापा ?

सन्दिप घृतकौशिक

ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।’’

स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो कवितामा भनिए झैं पौरखी मानिसहरुका लागि असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने प्रमाणित गरिदिनुभएको छ हाम्रा सूर्यबिनायक नगरपालिका ८ का वडाध्यक्ष एवं एक सफल कुशल व्यवसायी किरण थापाले । आफ्नो क्षेत्रको समग्र पारदर्शिता सहितको दीगो विकास र जनताको जनजीविकामा प्रत्यक्ष सकारात्मक असर पर्ने विकास निर्माणका योजना बनाउन र तत्काल छिटो छरितो र गुणस्तरीय कार्य गर्न गराउन एक अब्बल जनपतिनिधिको भुमिका निर्वाह गर्नु भएको छ । सुनपा ८ का साथै समग्र सूर्यबिनायक नगरबासी अहिले साच्चिकै हर्षित छन् ।

जनगुनासोको येथोचित सम्बोधन, समय समयमा जनतासँग प्रत्यक्ष अन्तरक्रिया, जनताको येथोचित मागको सुनुवाइ र त्यस्को सम्भव भएसम्मको तत्काल सम्बोधन नै उहाँको विशेषताहरु हुन् । त्यसैपनि प्रकृतिको सुन्दर र अनुपम उपहारको रुपमा रहेको भक्तपुर त्यसमा सुवासता थप्न सायद हाम्रा आदरणीय जनप्रतिनिधि किरण थापालाई यस धर्तिमा पर्दापण गरिएको हुनुपर्छ ।

शिक्षा मानव जीवनमा समाजको रुपान्तरण परिवर्तन र विकासको मूल आधार हो । पर्यटक र पर्यटन हाम्रो प्रदेशको आर्थिक समृद्धिको मूल आधार स्तम्भ हो भन्ने बुझेका वडाध्यक्षले आफ्नो जनप्रतिनिधिको रुपमा लगभग ५ वर्ष व्यतित गरिसक्नु भएको छ । उहाँले यो समयमा गर्नुभएका कार्यहरुले गर्दा सूर्यबिनायक नगरपालिका नगरबासीमाझ एउटा छुट्टै परिचयमात्र बनाउनु भएको छैन यो नगरलाई दीगो विकासको नमुना आधारभूमि उहाँले मात्र बनाउन सक्नु हुन्छ भनेर पनि जनताले निकै आशाको किरणले हेरेका छन् ।

एक सफल व्यवसायी हुनुको नाताले पनि उहाँले राजनीतिलाई पेशा वा व्यवसाय बनाउनु भएन । उहाँलाई जीविका चलाउन कुनै पारिश्रमिकको आवश्यकता थिएन । सोही कारण उहाँले पारिश्रमिक बापत प्राप्त सम्पूर्ण रकम १५ लाख एक विद्यालयलाई प्रदान गर्नुमात्र भएन आजसम्म कुनै सवारी साधन इन्धन तथा कुनै किसिमको भत्ता समेत नलिएर राज्यको ब्ययभार घटाउनुको साथै राजनीतिलाई पेशा वा आम्दानीको श्रोत बनाउनुभन्दा पनि सेवा भावले जनताको लागि राजनीति गरिनुपर्छ भन्ने मान्यतालाई सूर्यबिनायक नगरपालिकाबाट शुभारम्भ गरिदिनु भएका उहाँले हाल नेकपा एमालेको तर्फबाट मेयरमा दावेदारी प्रस्तुत गर्दै आफ्नो मनोनयन पार्टीमा गरिसक्नु भएको छ ।

यसै क्रममा पार्टीका विभिन्न नेता कार्यकर्ताले सामाजिक सञ्जालमा गरिएको सार्वजनिक मत परीक्षणमा समेत अन्य प्रस्तावित उमेदवारको तुलनामा अत्याधिक मत ल्याउँदै अन्य उमेदवार भन्दा कमरेड किरण थापा सर्वाधिक लोकप्रीय उमेदवार भएको पुस्टि भइसकेको छ । अब पार्टी नेतृत्वले गल्ति नगरोस् उचित समयमा उचित निर्णय लिइयोस् । परमादेश गठबन्धन बिरुद्धको लडाइँ एक्लै लड्नु छ कमजोर उमेदवार उठाएर विजय प्राप्त गर्न सकिदैन भन्ने कुराको मनन् गरोस् । कर्णसग लड्न युधिष्ठिर भीम, नकुल, सहदेवले हुँदैन्थ्यो । अर्जुन नै चाहिन्थ्यो । बराबरी तागतको त्यस्तै परमादेशी गठबन्धन बिरुद्ध एक्लै भारि हुन सक्ने एमालेका एक्लो उमेद्ववार किरण थापा नै हुन् भन्दा अतिशयोक्ति नहोला । किनकि, यो नै समयको माग हो जनताको आवाज हो । आम सूर्यबिनायक नगरबाशिको चाहना हो रोजाइ हो ।

स्मरण रहोस् उहाँले मेयरमा जित्नुभएमा राज्यको तर्फबाट दिइने कुनै सेवासुबिधा तथा पारिश्रमिक नलिने घोषणा गरिसक्नु भएको छ ।
(नोटः लेखक सूर्यबिनायक नगरपालिकाका स्थानीयबासी हुन् ।)

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...