शनिबार, माघ २६, २०८१
English
Follow us:

युनिसेक्स पार्लरका सञ्चालक जुरी ठाकुरलाई सम्मान

युनिसेक्स पार्लरका सञ्चालक जुरी ठाकुरलाई सम्मान

  • खबर सेवा

  • बिहिबार, बैशाख १, २०७९

  • 11
    SHARES

काठमाडौं । जुरी युनिसेक्स पार्लरका सञ्चालक जुरी ठाकुर सम्मानित भएका छन् । नेपाल राष्ट्रिय नाइ संघले मंगलबार आयोजित चौथो राष्ट्रिय सम्मेलनका अवसरमा उनलाई सम्मान गरेको हो ।

युनिसेक्स पार्लरका माध्यमबाट व्यावसायिक तथा चलचित्र क्षेत्रमा काम गरेर पुर्याएको योगदानको कदर गर्दै जुरीलाई संस्थाले सम्मान गरेको हो ।

नाइ संघबाट प्राप्त सम्मानले आफूलाई व्यावसायिक र सामाजिक क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको जुरीले बताए ।

महोत्तरीको एकडाँडा गाउँपालिका स्थायी घर भएका जुरीले बिगत २ दशकदेखि काठमाडौंमा रहेर जुरी युनिसेक्स पार्लर सञ्चालन गरिरहेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology