टुँडिखेलमा आज ध्यान, नृत्य र संगीतको महाउत्सव
काठमाडौं । आज नयाँ वर्ष २०७९ को पहिलो दिन टुँडिखेलमा ध्यान, नृत्य र संगीतको महाउत्सव ‘सेलिब्रेसन’ हुने भएको छ । ओशो तपोवनसँगको सहकार्यमा ओम नेपाल मिडिया प्रालिद्वारा आयोजित उक्त कार्यक्रमको आज दिउसो ४ बजे उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा सहभागी हुन दिउँसो २.३० बजेदेखि नै टुँडिखेलको गेट खुल्ला हुने भएको छ ।
ध्यान, नृत्य, संगीत तथा शान्ति सहितको महाउत्सवमा सहभागी आयोेजकले सम्पूर्णमा आग्रह गरेको छ ।
हाँस्य कलाकार मनोज गजुरेलका अतिरिक्त उत्सवमा भारतको प्रतिष्ठित पद्यश्री पुरस्कारबाट सम्मानित भारतीय सुप्रसिद्ध निर्गुण भक्ति संगीतका महारथी गायक प्रह्लाद सिंह टिपानियाको विशेष प्रस्तुति रहने छ ।

ओशो तपोवनका संरक्षक तथा संस्थापक वोधिसत्व स्वामी आनन्द अरूणको सत्सङ्ग र आर्शिवाद प्राप्त गर्ने शुभ अवसर समेत मिल्नेछ । नेपालको चर्चित संगीत व्याण्ड ‘कुटुम्ब’ को बेजोड लाइभ प्रस्तुति रहनेछ ।
गायिका बेनिशा पौडेल, प्रदिप रोदन, लगायतको प्रस्तुती रहने कार्यक्रमबाट सहभागीले ज्ञान, ध्यान, सत्सङ्ग र साधनाको माध्यमबाट ओशोको आधुनिक मनुष्यलाई बुद्धत्व र भगवत स्थिति प्राप्त गर्ने तथा समग्र मुनष्य बन्ने नयाँ जीवन दर्शन ‘जोरबा दी बुद्ध’को जीवनशैलीको बारेमा अनुभव लिन सक्ने जनाइएको छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...
वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो
सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...




