नेपाल–भारतबीच वैदिक कालदेखिको सांस्कृतिक सम्बन्ध प्रवद्र्धन गरिनुपर्ने
काठमाडौं । नेपाल–भारतबीच वैदिक कालदेखि सांस्कृतिक, धार्मिक एवं सामाजिक सम्बन्ध रहेकाले आधुनिक कालमा त्यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको छ ।
लघुकथा समाज काठमाडौं, रुसी भारतीय मैत्री सङ्घ मस्को, कला एवं वाणिज्य महाविद्यालय अक्कलकुवा, महाराष्ट्र, भारतको संयुक्त आयोजनामा नेपाल–भारत सांस्कृतिक सङ्घ गोष्ठी विषयक कार्यक्रमका वक्ताले सदियौँदेखि रहँदै आएको सम्बन्धलाई विकास एवं विस्तार गर्नुपर्नेमा जोड दिएको हुन् । कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दुई देशबीचको सम्बन्ध बिस्तार गर्न साहित्य र संस्कृतिको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा योगेन्द्र तिमल्सिनाले ‘नेपालको साहित्य संस्कृतिको अन्तरसम्बन्ध’, भारतीय सैनिक विद्यालयका शोध छात्र दिनानाथ मुरलीधरले ‘भारतीय संस्कृति र ज्ञान परम्परा’, र यशवन्त महाविद्यालयका डा सञ्जय धोटेले ‘हिन्दी साहित्यमा भारतीय संस्कृतिको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि भुवन शिवाकोटी, डा मोनिका शर्मा, प्राडा सञ्जय शर्मा, अनिलकुमार भट्टहरि, डा विदुषी आमेरा, डा कल्पना मौर्य, डा सविता तायडे, डा शैलेन्दुप्रकाश नेपाल, अरुणाञ्चल प्रदेशबाट आएकी प्राध्यापक ङाने कायीलगायतले टिप्पणी गर्दै भारतको प्रसिद्ध तीर्थस्थल केदारनाथको शिर नेपालको भक्तपुरस्थित डोलेश्वर, राम र सीताबीचको पौराणिक कथनका आधारमा अहिले पनि चलिरहेको संस्कृति, बुद्ध नेपालमा जन्मिएर भारतको बोधगयाबाट ज्ञान प्राप्त गरेका घटनाले दुई देशबीचको सम्बन्ध अन्योन्याश्रित रहेको पुष्टि हुने बताएको थिए ।
भारतका धेरै तीर्थ यात्री प्रत्येक वर्ष नेपालको पशुपतिनाथ, मुक्तिनाथलगायत तीर्थस्थलमा दर्शन गर्न आउने र नेपालका तीर्थयात्री पनि भारतको केदारनाथ, विश्वनाथलगायत तीर्थस्थलमा दर्शन गर्न जाने भएकाले पनि दुवैदेशबीचको सम्बन्ध प्राचीनकालदेखि नै सुमधुर रहँदै आएको भनाइ उनीहरूले राखेका थिए । कार्यक्रममा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, उपाध्यक्ष गोपाल अश्कलगायतले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे । दुवै देशको साहित्य, भाषा, धर्म, संस्कृतिलगायत क्षेत्रमा योगदान दिने दर्जनौँ विद्वान्लाई सम्मानसमेत गरिएको थियो । यस्ता कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने जनाइएको छ ।
ताजा अपडेट
-
१.
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
-
२.
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका
-
५.
सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
खोटाङमा आफैलाई छुरा प्रहार गरेर पुरुष गम्भीर घाइते
खोटाङ । खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार...
बागलुङमा स्कुल बस दुर्घटना अपडेट : एक विद्यार्थीको निधन, २५ घाइते
चितवन । बागलुङ नगरपालिका १, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान...
कति छ काठमाडौंको तापक्रम?
काठमाडौं । आज (शुक्रबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका जानकारीअनुसार बिहान ५:४५ बजे...
महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नका लागि चार मार्गबाट प्रवेश गर्ने
काठमाडौं। महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नका लागि चार मार्गबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। बिहीबार पशुपति क्षेत्र विकास कोषले पत्रकार...




