स्वास्थ्य

दाँत तथा मुख सफा गर्न जान्नै पर्ने यी तरिकाहरु

काठमाडौं । दाँत तथा मुख सम्बन्धी समस्या धेरैलाई हुने गर्छ । दाँत तथा मुखको स्वास्थ्यमा हामीले चासो दिन आवश्यक छ । यसका लागि दाँत तथा मुख सफा गर्ने केही तरिकाहरु हामीले यहाँ प्रस्तुत गरेका छौं ।

– बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने ।

– अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने ।

– २ दाँत बीचको सतह ‘डेन्टल फ्लस’को प्रयोग गरी सफा गर्ने ।

– बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने ।

– टाँसिने, प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने ।

– धुम्रपान, मदिरा, सूर्तिजन्य पदार्थ, पान, सुपारी सेवन नगर्ने ।

रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्ने ।

– हरेक ६ महिनामा दन्त परीक्षण गर्ने ।

बिहाना खाना पछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा ९० प्रतिशत मुखका रोगहरुबाट बच्न सकिने अध्ययनले देखाएको छ ।

सम्बन्धित समाचार

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने भएको छ।...

वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष...

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

काठमाडौँ। सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको...

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...