कांग्रेसद्वारा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले पार्टी आवद्ध भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय गरेको हो ।
पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत काम, कर्तव्य र अधिकारसमेत तोकी विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले भ्रातृ सङ्घ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिका संयोजकले उपसमितिका संयोजक मनोनयन गर्ने र उपसमितिका संयोजकको परामर्शमा परिचालन समितका संयोजकले उपसमिति गठन गर्ने निर्णय गरिएको छ ।
यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको कार्यादेश २०७८ लाई अनुमोदन गर्ने, स्थानीय तह निर्वाचनका लागि सातै प्रदेश र ७७ वटै जिल्लामा काम, कर्तव्य र अधिकारसमेत तोकी केन्द्रीय प्रतिनिधि खटाउने बैठकले निर्णय गरेको उनले जानकारी दिए । बैठकले प्रदेश कार्यसमितिलाई मातहतका जिल्लाअन्तर्गत पालिकामा प्रदेश प्रतिनिधि खटाउन निर्देश गर्ने, स्थानीय तह निर्वाचनको चुनावीसभालाई व्यवस्थित, सभ्य र छरितो बनाउन ‘चुनावीसभा व्यवस्थापन मापदण्ड’लाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
बैठकमा समिति सदस्य पार्टी केन्द्रीय सदस्य श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, उदयशम्शेर राणा, नैनसिंह महर, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, हरिशरण नेपाली र सीताकुमारी रानालगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
ताजा अपडेट
-
१.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
-
२.
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
-
३.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
-
४.
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
-
५.
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




