सञ्चार सहकारी ११औं वर्षमा, ५ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिने
पोखरा । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सञ्चार बचत तथा ऋण सहकारी संस्था आजबाट दसौं वर्ष पुरा भइ ११औं वर्ष प्रवेश गरेको छ । २०६८ फागुन १६ गते स्थापना भइ सहकारीले २०६९ वैशाख ३ गतेबाट वित्तीय कारोबार सुरु गरेको थियो ।
वार्षिकोत्सवको अवसरमा सहकारीका अध्यक्ष विनोद ढुंगानाले शुभकामना सन्देश जारी गर्दै संचालक, सल्लाहकार, लेखा समिति लगायत विभिन्न समिति उपसमितिका संयोजक तथा सदस्यहरु, कर्मचारी, सम्पूर्ण शेयरधनी एवं शुभचिन्तकहरुमा आभार सहित हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सहकारीले वार्षिकोत्सवको अवसरमा सरकारी विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार ५ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिने सहकारीका उपाध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिए ।
सहकारीमा हाल ४ सय ५९ सेयर सदस्य आवद्ध छन् । सहकारीले ३५ करोड रुपैयाँको कारोबार गर्न सफल भएको व्यवस्थापक रेशम खड्काले जानकारी दिए ।

ताजा अपडेट
-
१.
मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो
-
२.
वीर अस्पतालले गर्यो बिमामार्फतको सेवा कटौती
-
३.
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
-
४.
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
-
५.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...
आज घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन...
कति छ तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
असी प्रतिशतले घट्यो सुन कारोबार
काठमाडौँ । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन...




