अर्थ

होटल दा फ्लेमिंगो बुटवलमा ‘काया वेलनेस स्पा’को सेवा सुरु

बुटवल । होटल दा फ्लेमिंगो बुटवलमा ‘काया वेलनेस स्पा’को सेवा सुरु भएको छ । होटलसँगको सहकार्यमा युवा व्यवसायी अशोककुमार राईले काया वेलनेस स्पा सञ्चालनमा ल्याएका हुन् । नयाँ वर्षको दिन वैशाख १ गतेबाट स्पा सञ्चालनमा आएको राईले जानकारी दिए ।

बुटवलको योगीकुटीमा रहेको होटल दा फ्लेमिंगो थ्रिस्टार होटल हो । होटलले फाइभ स्टार स्तरको सेवा प्रदान गर्दै आइरहेको छ । स्पामा पनि फाइभ स्टार स्तरको सेवा प्रदान हुुने राईले बताए । बिहान १० देखि साँझ ८ बजेसम्म स्पामा सेवा प्रदान हुनेछ ।

स्पामा ४ वटा थेरापी रुम छन् । स्टिम र साउनाको पनि सेवा लिन सकिन्छ । एयर कन्डिसन रुम छ । काया वेलनेस स्पाका सञ्चालक राई यस अगाडि सोल्टी होटलमा एक वर्ष स्पा थेरापिस्ट र हायात रिजेन्सी काठमाडौंमा १८ वर्ष काम गरिसकेका छन् । हायातमा १२ वर्षसम्म उनी स्पा म्यानेजर थिए । राईले होटल नेपाली रिकामा स्पा कन्सल्टेन्टको काम पनि गरिसकेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटलमा स्पा सेवा सुरु गरिएको राईले बताए । राईले काठमाडौंमा फुल लोटस हेयरिङ सेन्टर पनि सञ्चालन गरिरहेका छन् । ‘यहाँको स्पाबाट फेसियल, मेनिकेयर पेडीकेयरसहित स्पा र थोरापीका भेराइटीहरुबाट सेवा प्रदान गर्नेछौं,’ राईले भने ।

होटल बुटवल क्षेत्रका स्थानीयदेखि बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको सञ्चालक दिलीप गौचनले बताए । होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५२ वटा रुम छन् । होटलमा ४ सय जना क्षमताको बैंक्युट हल छ भने २ वटा कन्फरेन्स हल छन् । कन्फरेन्स हल सय जना क्षमताको र ३० जना क्षमताका छन् । होटलमा स्विमिङ पुल, जिम लगायतको सेवा उपलब्ध छन् । पर्याप्त पार्किङको सुविधा छ ।

सम्बन्धित समाचार

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार...

कति छ आज तरकारीको मूल्य?

कति छ आज तरकारीको मूल्य?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर...

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक...