प्रमुख खवर

शैक्षिक तथा उद्यमशीलताका क्षेत्रमा सक्रिय युवा व्यवसायी गेन्द्र लामा सम्मानित

काठमाडौं । शैक्षिक तथा उद्यमशीलताका क्षेत्रमा सक्रिय युवा व्यवसायी गेन्द्र लामा सम्मानित भएका छन् । चन्द्र लोक प्रतिष्ठानले शनिबार आयोजित एक कार्यक्रमबीच लामालाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद पूर्व अध्यक्ष खिलराज रेग्मीले उनलाई सम्मान गरे । शिक्षा तथा उद्यम क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै संस्थाले लामालाई सम्मान गरेको हो ।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष लामा प्राक्सिस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल हुन् । मनास्लु टिम अफ आन्टरप्रेनरसिपका संस्थापक अध्यक्षसमेत रहेका लामा सहारा फाउन्डेसनका अध्यक्ष छन् ।

काठमाडौं विनायक शिक्षालयका अध्यक्षसमेत रहेका लामा नेशनल प्याब्सन, लायन्स लगायतका संघसंस्थामा आवद्ध छन् । सम्मानले आफूलाई थप प्रेरणा मिलेको लामाले बताए ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...