तनहुँ । तनहुँको शुक्लागण्डकीको मेयरका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महिला नेतृ आशा कोइरालालाई सर्वसम्मत सिफारिस गरेको छ ।
शनिबार बसेको पार्टी नगरकमिटि बैठकले कोइरालाको नाम मेयरमा सिफारिस गरेको हो । पूर्वमन्त्री कोइराला गण्डकी प्रदेश सांसद हुन् । उनले काँग्रेस नेता प्रदीप पौडेललाई झिनो मतले पराजीत गरेकी थिइन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको सहयोगमा काँग्रेसले मेयर जितेको थियो ।