मादीसेती नदी तटबन्धन बनाउन माग
मादीसेती नदीकिनारस्थित व्यास नगरपालिका–३ देउराली नगर बस्ती जोखिममा परेको छ । नदी कटानले ती क्षेत्रका करिब ४०० घरधुरी जोखिममा पर्ने जनाइएको छ ।
सो क्षेत्रमा समयमै तटबन्धन गर्नुपर्ने स्थानीवासीको माग रहेको छ । बस्ती जोगाउन नदीमा तटबन्धन गर्न अतिआवश्यक देखिएकाले नगरपालिकालाई आग्रह गरिएको स्थानीय नमस्ते देउराली युथ क्लबका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।
स्थानीय नमस्ते देउराली युथ क्लबले मादी नदी किनारमा सेभेन साइड फुटबल खेलमैदानसमेत बनाएका छन् । डोजर लगाएर जग्गा सम्याएर फराकिलो बनाएपछि माटो ल्याएर फिलिङ गरिएको हो । व्यास नगरपालिका कार्यालय र स्थानीयवासीको करिब रु सात लाख आर्थिक सहयोगमा खेलमैदान निर्माण गरिएको उनले जनाएका छन् ।
उक्त क्षेत्रमा खेलमैदान निर्माण गरिएपछि त्यसक्षेत्रका युवायुवती फुटबल र भलिबल खेलका लागि उत्साहित भएर खेल्न थालेका छन् । खेलमैदान र देउराली नगरका बस्ती नदीले कटान गरी क्षति हुनसक्ने भएकाले समयमै सम्बन्धित निकायले ध्यान दिन आग्रह गरिएको स्थानीय बाबुराम बगालेले जानकारी दिनएका थिए ।
नदी किनारमा तटबन्धन गरिए खेलमैदान र बस्ती जोगाउन सहयोग पुग्ने विश्वास गरिएको स्थानीयवासी बताउँछन् । व्यक्तिले हडपेर प्रयोग गर्दै आएको सार्वजनिक जग्गा देउराली नगरवासीको सक्रियतामा संरक्षण गरी खेलमैदान निर्माण गरिएको उनले बताएका छन् ।
उक्त बस्ती संरक्षणका लागि व्यास नगरपालिका कार्यालयले चासो दिँदै आएको जनाइएको छ । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाको बीच भागमा मादीसेती नदी बग्ने गरेको छ । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाले समन्वय गरी मादीसेती नदी किनारमा तटबन्धन गर्ने योजना रहेको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउका छन् ।
ताजा अपडेट
-
१.
महावीर पुनले पाउनु भो त्रिभुज चुनाव चिह्न
-
२.
नेकपासँग एकता गर्न एमालेलाई प्रचण्डको आग्रह
-
३.
अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल,सहकमाण्डरहरु कार्की र काफ्ले
-
४.
१६ एसपीहरूको पदस्थापना
-
५.
निर्वाचनका उम्मेदवारहरूको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई पत्राचार
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
यी हुन् पर्वतका प्रमुख चार दलका उम्मेदवार, कसको होला पल्लाभारी?
सम्बन्धित समाचार
पर्वत समाजको प्रथम साधारण शनिबार, पर्वत चिनारी र व्यक्तित्व सम्मान गरिँदै
काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन भोली शनिबार हुने भएको छ। काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा...
उम्मेदवारी फिर्ता लिदै आशिका
काठमाडौं । रास्वपाबाट धादिङ-२ मा उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिने हुनुभएको छ। उम्मेदवारी फिर्ता लिनेबारे उनले जिल्ला...
भक्तपुरकाे बाल सुधारगृहमा झडप र आगजनी
भादगाउँ । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच...
कोरिया अध्ययन गर्न जाने विद्यार्थीको ‘डकुमेन्ट भेरिफाइ’का लागि कोटा थप
काठमाडौं। नेपालस्थित कोरियन दूतावासले कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक कागजात प्रमाणीकरण (डकुमेन्ट भेरिफाइ)का लागि कोटा थप गरेको छ।...




