श्रेना युनिसेक्स सैलुन एण्ड टेनिङ्ग सेन्टरकाे शाखा विस्तार

पोखरा ८ नागढुङ्गास्थित श्रेना युनिसेक्स सैलुन एण्ड टेनिङ्ग सेन्टरले पोखरा ३१ बेगनासतालमा शाखा विस्तार गरेको छ ।
नेपाल व्यूटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, नेपाल व्यूटिसियन संघकी केन्द्रीय उपाध्यक्ष चिनु गुरुङ र नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष नवीन सिग्देलको उपस्थितिमा आइतबार शाखा उद्घाटन भएको छ ।
शाखा उद्घाटन गर्दै अध्यक्ष खड्काले महिलालाई सफल बनाउन परिवार र समाजको सकारात्मक सहयोग आवश्यक पर्ने बताइन् । उनले महिलाहरु चुनौतिलाई छिचोल्दै अघि बढ्न आवश्यक रहेको औल्याइन् ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष आत्रेयले हरेक व्यवसायका लागि सीप आवश्यक रहेको बताए ।
करिब २० लाखको लगानीमा शाखा सञ्चालन गरिएको हो । ‘यो पहिलो शाखा हो, सञ्चालनमा ल्याउँन पाउँदा खुशी छु, संचालक शर्मिला रानाभाटले भनिन्, अन्य स्थानमा पनि शाखा बिस्तार गर्ने तयारीमा छु ।’
उनले सात जनालाई रोजगारी पनि दिएकी छन् । उनि भन्छीन् कुराले होइन, कामले आफ्नो पहिचान बनाउनुपर्छ, उनले भनिन्, महिला शशक्तिकरणका लागि अब हिम्मत गर्नुपर्ने समय आएको छ ।’
रानाभाट विगत १३ वर्षदेखि व्यूटिसियन पेशामा आवद्व छन् । रानाभाटले आठ वर्ष कुँवेतमा रहेर व्यूटिसियन पेशा गरिन् । कुँवेतबाट फर्केपछि पाँच वर्ष अघि पोखरा ८ नागढुङ्गामा श्रेना युनिसेक्स सैलुन एण्ड टेनिङ् सेन्टर सञ्चालनमा ल्याएकी हुन् । उनले गण्डकी प्रदेशका विभिन्न जिल्लाका करिब चार सय जनालाई व्यूटिपार्लर सञ्चालन सम्बन्धी तालिम पनि दिएकी छन् ।
सेन्टरले प्रोफेसनल मेकअप, रसियन हेयर स्टाइल, आइलासिस एक्स्टेन्सन, माइक्रो ब्लेडिङ्गसहित टाटु, जेन्स हेयर कटिङ्ग र प्रेसिङलगायतका सेवा प्रदान गर्दै आएको छ । सेन्टरले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता पनि पाएको छ । रानाभाट नेपाल व्यूटिसियन संघ कास्कीको अध्यक्ष हुन् ।
कार्यक्रमको संचालन विद्या पराजुलीले गरेकी थिइन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
२.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
सम्बन्धित समाचार
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर...
नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक...
सुनको मूल्यमा फेरि रेकर्ड
काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको...




