चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न रोक

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् ।
चुनाव लक्षित आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारकाकार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । सरकारी साधन प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै सवारी साधन नियन्त्रणमा लिइ आवश्यक कारवाही हुने जनाएको छ ।
उक्त कार्यालयले हातहतियार बुझाउन गरेकोे आग्रहको अटेरी भएको पाइएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर गत चैत मसान्तसम्म इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको थियो । उक्त अवधिमा एक जनाले पनि हतियार नबुझाएको सूचना अधिकारी भारतीले बताएका छन् ।
जिल्लामा बारबोर, एकनाले र दुईनाले बन्दुकसहित करिब एक हजार इजाजतप्राप्त हातहतियार रहेकामा तीमध्ये २५१ हातहतियार द्वन्द्वकालमै प्रशासनमा जम्मा गरिएका थिए । निर्वाचन विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन भनिएको उहाँको भनाइ थियो । हातहतियार बुझाउन अटेरी गरेका छन् सूचना अधिकारी भारतीले भने “ हातहतियार नबुझाउनेलाई के गर्ने भन्नेबारे गृह मन्त्रालयको आदेश पर्खिराखेका छौँ, सोहीअनुसार कारवाही प्रक्रिया अगाडि बढाउँछौँ ।” तोकिएको समयमा हातहतियार नबुझाएकाले खानतलासी गरेर कारबाही गरिने जनाइएको छ ।
हातहतियार जम्मा नहुँदा यसले निर्वाचनको शान्तिसुरक्षामा असर पार्ने आशङ्का गरिएको छ । सूचना जारी गरेर बुझाउन आग्रह गरेकामा नबुझाउनेलाई कानुनबमोजिम कारबाही हुने प्रहरी नायब उपरीक्षक रमेश पालले बताए । उनले भने “हातहतियार बुझाउन आग्रह गरिसेकका छौँ, नबुझाउनेले कानुनी सजाय भोग्नुपर्छ ।”
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
सिन्धुपाल्चोक। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवार...
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले माघ ६ गते उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएसँगै अब...
रेशम चौधरीको उम्मेदवारी खारेज
काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चाैधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले...
धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्: ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न...




